No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कारको ठक्करबाट कुवेतमा तीन नेपालीको मृत्यु

0

काठमाडौं । कुवेतमा सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रमा भएको सवारी दुर्घटनामा परी तीन नेपालीको मृत्यु भएको नेपाली दूतावासले जनाएको छ ।

मृत्यु हुनेमा लयती पन्चदेवल विनायक –५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून –२ काठमाडौंका सुजन कार्की र वेंगादवार –३ धनुषाका धिरज गुर्मछान मगर छन् । उनीहरु कुवेतको एउटै कम्पनीमा कार्यरत थिए । उनीहरु काममा जानका लागि निस्किएका बेला उनीहरुलाई कारले ठक्कर दिएको थियो ।

प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०५:२०

Leave a Reply