No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ठूला माछा उम्काउनु पर्ने दिन आएमा सरकार छाड्छौंः गृहमन्त्री लामिछाने

0

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठूला माछा उम्काउनु परेमा एक मिनेट पनि सरकारमा नबस्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले माछा उम्काउनुपर्ने अवस्था आएका सरकार छाड्ने बताएका हुन् ।

उनले आफूले कसैसँग प्रतिशोध नसाँध्ने बताए । उनले भने, ‘माछा उम्काउनु पर्यो भने एक मिनेट पनि बस्दिन । राजीनामा दिएर हिँड्छु । प्रतिशोध साँध्न सरकारमा गएका छैनौं । हामीमाथि प्रतिशोध साँध्ने सबैलाई चिन्छु तर राज्यको पदलाई दुरुपयोग गरेर प्रतिशोध साँध्दिन ।’

उनले कांग्रेसले सहकारी प्रकरणमा आफूमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गरेकोप्रति आपत्ति जनाए । उनले भने, ‘हामीलाई पुर्न खनेको खाल्डोमा कांग्रेस आफैं पर्यो । प्रतिपक्षीले संसद अवरुद्ध गरेको छ । संसदीय समिति चाहिन्छ भनेको सुनेको छु । राजीनामा मागेको पनि सुनेको छु मैले ।’

उनले कागजको टुक्रोमा कसैले जोहरी दिँदैमा र प्रहरीको ड्रयरमा राखेको उजुरीकाबारेमा कुरा गरेको भन्दै आपत्ति जनाए । उनले कांग्रेसलाई नैतिकताको कुरा नगर्न आग्रह गरे ।

उनले भने,‘झण्डा हल्लाउँदै अख्तियारमा बयान जान दिनेले नैतिकताको कुरा गर्न मिल्दैन । कांग्रेसका साथीहरुले बुझेका केही छैनन् तर बुझेको पनि भन्न छाड्दैनन् ।’

उनले यसबारेमा कांग्रेससँग खुल्ला बहस गर्न आफू तयार रहेको बताए । उनले अझ गगन थापाको क्षेत्र काठमाडौं क्षेत्र नम्बर चारमा बहस गर्न चाहेको बताए ।

उनले भने,‘सदनमा बोल्न दिनु भएन । समितिमा बोल्न दिनु भएन । पूरक उजुरीका बारेमा किन कांग्रेस यस्तो गरिरहेको छ ? जनताको माझमा राखौं र खुल्ला ठाउँमा बहस गर्न चाहन्छु । बोलाउनुस् म बहस गर्न तयार छु सबै प्रमाण लिएर आउनु म एक्लै आउँछु । अझ यो बहस काठमाडौं क्षेत्र नम्बर चारमा भए राम्रो । त्यहाँका मतदाताले थाहा पाउन् ।’

उनले आफूहरुले रिक्स लिएर सरकारमा गएकाले एक मिनेट पनि खेर नफाल्ने बताए । उनले भने, ‘हामीलाई यो सरकारमा एकएक मिनेट महत्वपूर्ण रहन्छ । हामीले हाम्रा मन्त्रीहरुलाई भनेका छौं । आजको दिन नै अन्तिम दिन भनेर काम गर्नुस् । परिस्थिति जे पनि हुनसक्छ । जुन दिनसम्म मन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ, त्यो दिन नै अन्तिम दिन भनेर काम गर्नुस् भनेर निर्देशन जारी गरेका छौं ।’

उनले जीबी रार्ईलाई आकाश र पाताल जहाँबाट भएपनि ल्याउने बताए ।

प्रकाशित: १० चैत्र २०८०, शनिबार ११:१९

Leave a Reply