No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीन नेपालका कम्युनिस्ट पार्टीलाई एक गराउन लाग्नुलाई कुनै अन्यथा मान्नु पर्दैन

0

केशवप्रसाद भट्टराई ।
त्यसैले चीनले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक गराउन र प्रचण्ड –देउवाको गठवन्धन भत्काउन आफ्नो प्रभाव र दवाव प्रयोग गरेको कुरामा कुनै अन्यथा मान्नु परेन । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा पुटिनले ट्रम्पलाई जिताउन र सी जिनपिङ्गले बाइडेनलाई जिताउन अमेरिका भित्रका आफ्ना प्रभाव र दवाव समूहलाई व्यापक प्रयोग गर्दैछन् ।

२०१६को चुनावमा पनि ट्रम्पलाई जिताउन पुटिनले सक्दो गरेकोबारे स्वयं रिपब्लिकनहरूको बहुमत भएको सिनेटले एउटा प्रतिवेदनमा उल्लेख गरेको थियो । फ्र्यांकलिन रुजवेल्टका उपराष्ट्रपति र ह्यारी ट्रुमेनका पूर्व कृषि, वाणिज्य मन्त्री हेनरी वालेसले एउटा नयाँ प्रगतिशील पार्टी खोलेर ट्रुमेन विरुद्ध राष्ट्रपतिको उम्मेदवार बने र स्टालिन , ग्रोमिको लगायतका सोभियत नेतृत्वसँग गोप्य साँठगाँठ गरेका थिए ।

रुसमा पुटिनलाई हराउन अमेरिकाले विगतमा हिलारी क्लिन्टनको विदेश मन्त्रित्वमा सक्दो गर्यो । राजा वीरेन्द्रले राजीव गान्धी र काङ्ग्रेस विरुद्ध भाजपालाई चुनावमा सहयोग गरेको समाचार आएको थियो । नरेन्द्र मोदीको विकल्पमा भाजपा भित्र र वाहिर भरपर्दो नेतृत्व नदेखिएर मात्रै हो नत्र अमेरिका र युरोपले सकेसम्म गर्ने थियो मोदीलाई हराउन । र स्वयम् नरेन्द्र मोदीले २०२० को निर्वाचनमा ट्रम्पको पक्षमा सार्वजिकरुपमा नै बोलेका थिए । त्यसैले चीनले नेपालका कम्युनिस्ट पार्टीहरूलाई एक गराउन र प्रचण्ड –देउवाको गठवन्धन भत्काउन आफ्नो प्रभाव र दवाव प्रयोग गरेको कुरामा कुनै अन्यथा मान्नु परेन ! भारतले प्रचण्ड ओली गठवन्धनलाई नरुचाएको हुनसक्छ ।

विश्व राजनीतिमा यो हुन्छ । भैरहन्छ । हजार–दुई हजार वर्ष अघि पनि हुन्थ्यो , आज पनि हुन्छ र भोलि पनि । तपाइँ हाम्रो निन्दा, विरोध र घृणाले यो रोकिन्न, रोक्न सकिन्न । राज्यको आन्तरिक क्षमता निर्माण गरेर धेरै हदमा त्यस्तो वाह्य दवाव र प्रभावलाई रोक्न वा राष्ट्रिय हितमा उपयोग गर्न सकिन्छ !

 

प्रकाशित: ११ चैत्र २०८०, आईतवार ०४:३५

Leave a Reply