No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गर्दै नेपाल विजयी

0

काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा एक सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १६ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३८ रनको योगदान दिए । त्यस्तै, सन्दीप जोराले ३७, आसिफ शेखले १६ र दीपेन्द्रसिंह ऐरीले २० रन बनाए ।

आयरल्यान्डका ग्यारेथ डेलानीले २, थोसम मेयर र बेन ह्वाइटले एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनर स्टेफन डोहेनीलेसर्वाधिक ४६ रन बनाए । नेपालका कुशल भुर्तेल, गुल्सन झा र ललित राजवंशीले दुई/दुई तथा करण केसी र कुशल मल्लले एक/एक विकेट लिए ।

प्रकाशित: १२ चैत्र २०८०, सोमबार १०:४१

Leave a Reply