No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजनीतिमा छट्टुहरुको हावी हुन थाल्योः महामन्त्री थापा

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको बताएका छन् । मंगलबार कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले पार्टीभित्र गति र मति भएको मानिस चाहिएको बताएका हुन् ।

उनले भने,‘राजनीतिमा विस्तारै कस्तो हुन्छ भने छट्टुहरु हावी हुन थाले, छट्टुहरु कस्तो हुन्छ भने आउँछ लटरपटर पार्छ, झुक्याउँछ, रंगरोगन गर्छ जान्छ। हामीलाई छट्टुहरु चाहिएको होइन, हामीलाई गति र मति दुवै भएको मान्छे चाहिएको हो। गति छ मति छैन, मति छ गति छैन।’

उनले राजनीतिमा झुक्याउने नभई धैर्यता भएको मानिस आवश्यक रहेको बताए । उनले भने, ‘नयाँ पुस्ताले चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहेको छ। त्यस्तो चाहनेलाई उत्तेजनाको राजनीति गर्नेले दुरुपयोग गर्ने गरेका छन्। त्यसलाई चेतनाको राजनीतिले पक्रनुपर्नेछ।’

कांग्रेसभित्रको गुटगत प्रतिस्पर्धा र शक्ति संघर्षले कोर विषय नै हराउने गरेको महामन्त्री थापाले बताए ।

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार १०:४०

Leave a Reply