No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने

0

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ । मंगलबार परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका विदेशमन्त्री वाङबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस्तै उनीहरुबीच नेपालमा चीनले अघि बढाएका परियोजना कार्यान्वयनलाई द्रुत रूपमा अघि बढाउने विषयमा समेत छलफल भएको थियो ।

 

प्रकाशित: १३ चैत्र २०८०, मंगलवार १३:२८

Leave a Reply