No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इलाम-२ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने राप्रपाको निर्णय

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको संसदीय बोर्डको बैठकले गुरूङलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

गुरूङ पार्टीको शिक्षा विभागमा रहेर काम गर्दै आएका थिए। उनी राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका पूर्वउपाध्यक्ष हुन् । इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित: १५ चैत्र २०८०, बिहीबार ०८:३२

Leave a Reply