No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसद्वारा पार्टीको सहकारी र आदिवासी विभागमा सदस्य मनोनित

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनित गरेका छन् । केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनित गरेका हुन् ।

भानुभक्त ढकाल, चन्द्रप्रसाद ढकाल, डिल्लीराम तिवारी, राजेन्द्र पौडेल, गोमा नेपाल, पदम दाहाल, विश्वप्रकाश पौडेल, शम्भु घिमिरे, नवराज न्यौपाने, कृष्ण खनाललाई देउवाले सदस्य मनोनीत गरेका हुन् ।

साथै केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा पनि सभापति देउवाले १० जना सदस्य शुक्रबार मनोनित गरेका छन् । कांग्रेस विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र विभाग गठन गरिसक्नुपर्छ। कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो ।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ०६:४७

Leave a Reply