No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन रञ्जिताको निर्देशन, नलिए कारबाही गर्ने चेतावनी

0

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिएको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन्। फिर्ता नलिए कारबाही गर्ने उनले चेतावनी समेत दिएकी हुन् ।

तर संसदीय दलका नेता चौधरीले प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहने बताएका छन्। सुदूरपश्चिममा नाउपाका ७ प्रदेशसभा सदस्य छन्।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार ११:१४

Leave a Reply