No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिविको स्नातक तहको प्रश्नपत्र अब नेपाली र अंग्रेजी दुवै भाषामा

0

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार पार्ने निर्णय गरेको छ । त्रिविले शुक्रवार सूचना जारी गरी वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्रहरू अंग्रेजी र नेपाली दुवै भाषामा अनिवार्य तयार गर्नुपर्ने जनाएको हो ।

यही चैत १५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको त्रिविको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: १६ चैत्र २०८०, शुक्रबार १५:४१

Leave a Reply