No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अब सुध्रौं, चेतौं र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऔंः पूर्वराजा शाह

0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पुरानो गौरव फर्काउनका कम्मर कसेर अघि बढ्न अपील गरेका छन् । शनिबार जुम्लाको खलङ्गामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले कालिकोट, मुगु, हुम्ला, डोल्पाजस्ता जिल्लामा अथाह धन धान्य भए पनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै अब जुट्नुपर्ने बेला आएको बताएका हुन् ।

उनले भने,‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ, तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन? तर खै? त्यसैले म भन्छु-अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं ।’

प्रकाशित: २४ चैत्र २०८०, शनिबार १०:५६

Leave a Reply