No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इन्डोनेसियामा पहिरो परी मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

0

 

खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला पारेसँगै पहिरोमा परी मृत्यु ह्नेको सङ्ख्या २० पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मङ्गलबार जनाएको छ ।

उच्च बहावसहितको तीव्र वर्षाले शनिबार राति लेमाङ रनदन बाटु र मानगाउ गाउँका अस्थिर भूमिमा पहिरो जाँदा केही मानिस घाइते हुनुका साथै चार वटा घर पुरिएको स्रोतले जनाएको छ ।

कुहिरो, वर्षा र पहिरोका कारण सडक अवरुद्ध भए पनि खोजी तथा उद्धार कार्य गरिएको थियो । हालै मृतक दुई जनाको खोजीसँगै बेपत्ता भएका सबै फेला परेका छन् । त्यसपछि खोजी अभियान स्थगित गरिएको छ ।

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार १२:३९

Leave a Reply