No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिका र ईयू इरानमाथि नयाँ प्रतिबन्धको तयारीमा

0

बीबीसी । इजरायलमाथि आक्रमण गरेको इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको अमेरिका र युरोपेली सङ्घले बताएका छन् ।

अमेरिकाका अर्थमन्त्री जनेट येलनले आगामी दिनहरूमा कदम चालिने बताएकी छन् । युरोपेली सङ्घ ईयूका विदेश नीति प्रमुख जोसेफ बुरेलले त्यसका लागि काम भइरहेको बताएका छन् ।

इजरायलले आफ्ना सहयोगीहरूलाई तेहरानको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घले उक्त कार्यक्रममा लगाएको प्रतिबन्धको म्याद गत अक्टोबरमा सकिएको थियो । यस्ता प्रतिबन्धहरूले इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने फराकिलो दायरा राख्छन् ।

अमेरिका, ईयू र बेलायतसहितका देशहरूले इरानमाथि प्रतिबन्ध कायम राख्दै थप प्रतिबन्ध लगाएका छन् । इजरायली सेनाका प्रमुख हेर्टसी हालाभीले इरानको आक्रमणको जवाफ दिइने बताएका छन् । इरानले गत शनिवार पहिलो पटक इजरायलमाथि सीधा क्षेप्यास्त्र तथा ड्रोन हमला गरेको थियो।

इरान, इराक, सिरिया र यमनबाट प्रहार भएका करिब ३०० वटा क्षेप्यास्त्र र ड्रोनमध्ये अधिकांश इजरायल र उसका सहयोगीहरूले बीचमै नष्ट गरिदिएका थिए ।

तेहरानले उक्त हमला गत अप्रिल १ मा सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा १३ जनाको ज्यान जाने गरी इजरायलद्वारा भएको ठानिएको हवाई आक्रमणको बदला भएको बताएको छ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार ०८:१९

Leave a Reply