No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

0

रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित भएका करिब ५० बालबालिकालाई आदानप्रदान गर्न सहमत भएका छन् ।

सहमतिबारे क्रेमलिनका बाल अधिकार आयुक्त मारिया ल्भोभा–बेलोभाले बुधबार दोहामा जानकारी गराएका छन् ।

मस्कोले युक्रेनी बालबालिकालाई रूसी भूमिमा जबर्जस्ती प्रवेश गराएको आरोप लागेको छ भने एलभोभा–बेलोभालाई अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) ले ती आरोपसँग सम्बन्धित अभियोगमा पक्राउ गरेको थियो ।

एलभोभा–बेलोभाले भने, “पहिलो पटक ‘प्रत्यक्ष वार्ता’को ढाँचामा हामीले युक्रेनी पक्षसँग वार्ता गर्यौँ । वार्ताबाट युद्धका क्रममा विस्थापित बनेका २९ जना बालबालिका युक्रेन र १९ जना रूस जाने छन् ।”

ती बालबालिका किन रूसी वा युक्रेनी नियन्त्रण थिए वा उनीहरू कहाँबाट आएका थिए भन्नेबारे उनले केही बताएनन् ।

युक्रेनले सन् २०२२ को आक्रमण सुरु भएयता रूसले आफ्ना १९ हजारभन्दा बढी बालबालिकालाई गैरकानुनी रूपमा लगेको र त्यसमध्ये ४०० भन्दा कम लाई फिर्ता गरिएको जनाएको छ ।

मस्कोले उक्त आरोपको खण्डन गर्दै बालबालिकाको सुरक्षाका लागि लडाकु क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरेको जनाएको छ ।

युक्रेनमा दुई वर्षअघि युद्ध सुरु भएदेखि नै बालबालिकाको भविष्य अत्यन्त संवेदनशील बनेको छ ।

केही केटाकेटीका आमाबाबु मारिएका थिए भने अन्य आक्रमणको सुरुमा अग्रपङ्ती तीव्र गतिमा भएका आक्रमणका कारण परिवार वा उनीहरूका अविभावकहरूसँगबाट अलग भएका थिए ।

विस्थापितमध्ये केही रूसले कब्जा गरेको इलाकामा युक्रेनी अनाथालयमा बसिरहेका बालबालिका पनि रहेका छन् ।

युक्रेनले मस्कोको सेनाले उनीहरूलाई गैरकानुनी रूपमा रूसमा निर्वासित गरेको र रूसी अधिकारीहरूले उनीहरूको युक्रेनी पहिचान मेटाउने प्रयास गरेको आरोप लगाएको छ ।

युक्रेन फर्केका किशोरकिशोरीहरूले आफूहरूलाई रूसी देशभक्तिपूर्ण शिक्षा दिइएको र रूसी सेनाको प्रशंसा गर्न बाध्य पारिएको बताएका छन् ।

प्रकाशित: १३ बैशाख २०८१, बिहीबार ०२:३१

Leave a Reply