No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दिल्लीस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

0

भारतको दिल्लीस्थित एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । आगलागीको बेला चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ । प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो । भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको घटनामा आगो निभाउन करिब २० वटा दमकल प्रयोग गरिएको थियो ।

विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन् ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार ०४:२२

Leave a Reply