काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १६ जना सांसदलाई अनुसन्धान गर्न सिफारिस गरेको छ ।
बुत्रबार सार्वजनिक गरिएको आयोगको प्रतिवेदनले गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा उनीहरुको भूमिकामाथि अनुसन्धान गरेर कारबाही गर्न सिफारिस गरेको हो।
आयोगले जेनजी आन्दोलनकाक्रममा कारगारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा संलग्नता रहेको किटान गर्दै सभापति लामिछाने, नख्खु कारागार उनलाई लिन पुगेका रास्वपाकै सांसदहरू मनिष झा र हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिस गरेको छ ।
यस्तै रास्वपाका अन्य सांसदहरुमा गणेश कार्की,पुरुषोत्तम यादव,सुलभ खरेल,बब्लु गुप्ता,कृष्ण कार्की,डा. तोषिमा कार्की,राजीव खत्री,केपी खनाल,दीपक बोहरा,ज्वाला संगौला,सुधन गुरुङ ,आशिका तामाङ र शोम शर्मा रहेका छन् ।
कारबाहीको प्रक्रिया भने प्रहरीको अनुसन्धान र सरकारी वकिलको अभियोजन कस्तो हुन्छ,त्यसैको आधारमा अगाडि बढ्नेछ । साथै अदालतले प्रमाणहरुलाई कसरी व्याख्या गर्छ भन्नेमा पनि निर्भर रहनेछ ।


