No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

लुम्बिनीको राजधानी क्षेत्रको जग्गा फुकुवा सुरु

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी दाङमा रोक्का भएको जग्गा खरिदबिक्रीका लागि फुकुवा गरिएको छ । मालपोत कार्यालय लमहीले बुधबार सूचना जारी गरी लामो समयदेखि रोक्का रहेको जग्गा फुकुवा भएको जानकारी दिएको हो । एकल…

पशुपतिनाथ मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा बिक्रीमा रोक

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक सातासम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ । बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो…

आरती साहका पतिलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले श्रीमानलाई थुनामा पठाउने आदेश दिएको हो । गत जेठ ७ गते आफ्नै घर…

एनसेलको शेयर बिक्रीबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा लिमिटेडको शेयर खरिद बिक्रीका सम्बन्धमा ४८ घण्टाभित्र आफ्नो धारणा सार्वजनिक गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । त्यस्तै, यो प्रकरणबारे ३०…

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ हुने

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही…

एनसेल खरिद बिक्रीबारे १५ दिनभित्र यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेश गर्न सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । समितिले बुधबार यस…

प्रधानमन्त्रीले धेरै काम गर्न खोज्नु भयो, तर मन्त्रीहरुले सहयोग गरिरहेका छैनन्ः प्रवक्ता सापकोटा

भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताएका छन्  । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा उनले सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन…

विराटनगरको सातघुम्तीस्थित कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु

विराटनगर । विराटनगरको कवाडी गोदाममा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो । आगलागीमा परी विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। उनलाई गम्भीर घाइते…

फिलिपिन्समा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रु बस सडकको खतरनाक मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् । मङ्गलबार दिउँसो एन्टिक प्रान्तको ह्यामटिक नगरपालिकामा गुडिरहेको बस दुर्घटनामा परेको…

जनतालाई भरोसा दिने सुत्रको खोजीमा छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण…