No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘प्रचण्डले वर्तमान प्रणालीको उपयोग मात्र गरेको हो, स्वीकारेको वा अपनाएको होइन’

0

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले एमालेलाई जस्तै कांग्रेसलाई ठेगान लगाइदिने भन्ने माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजालमार्फत घिमिरेले बारम्बार भन्दै र औंल्याउँदै आएको सत्यलाई प्रचण्डले  ओकलेरै छाडेको बताएका हुन् । उनले भनेका छन्,‘बारम्बार भन्दै र औंल्याउँदै आएको सत्यलाई प्रचण्डले आखिर  ओकलेरै छाडे । वर्तमान प्रणालीको उपयोग मात्र गरेको हो । स्वीकारेको वा अपनाएको होइन । यस्तो भयानक  प्रवृत्तिलाई हामी मलजल गर्दैछौं किन ? जुन घरमा बसेको हो,त्यसैमा आगो झोस्ने उद्देश्य !’

आफ्ना  जनप्रतिनिधिलाई प्रशिक्षण,धन्य हाम्रो विवेक !’ पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने क्रममा माओवादी अध्यक्ष प्रचण्डले चुनावी परिणामबाट कांग्रेसलाई दम्भ नदेखाउन र दम्भ देखाए एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी दिएका थिए ।

 

प्रकाशित: १९ जेष्ठ २०७९, बिहीबार ०३:५५

Leave a Reply