No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रिलायन्स इन्टरनेसनल एकेडेमीद्वारा निवन्ध प्रतियोगिता आयोजना

0

काठमाडौं । रिलायन्स इन्टरनेसनल एकेडेमीले एसईई परीक्षामा सामेल भएका विद्यार्थीहरुको सहभागिता रहने दोश्रो राष्ट्रब्यापी खुल्ला निवन्ध प्रतियोगिता गर्ने भएको छ ।

‘तपाइको स्थानीय क्षेत्रमा फोहोर व्यवस्थापनका चुनौती र समाधानहरु’ विषयक निवन्ध प्रतोयोगितामा गर्न लागेको हो । प्रतियोगितामा सहभागिता जनाउन चाहने विद्यार्थीहरुले असार ५ गतेदेखि १५ गतेसम्म २०० देखि २५० शव्द सम्मको निवन्ध क्याम्पसमा बुझाउनु पर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्धितीय हुनेले नगद ६ हजार, तृतीय हुनेले नगद ४ हजार र सान्त्वना प्राप्त गर्ने १० जनाले नगद १ हजार सहित विभिन्न छात्रवृत्ति प्राप्त गर्ने क्याम्पसले जानकारी दिएको छ।

प्रकाशित: ७ असार २०७९, मंगलवार १५:२५

Leave a Reply