No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेमकिपाको घोषणापत्रः भारतसँगका असमान सन्धी खारेजदेखि स्वदेशमै मल कारखाना खोल्नेसम्म

0

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेमकिपाले घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणपत्रमा गोर्खा भर्ती खारेज गर्नेदेखि मुलुकमा रासायनिक मल कारखाना खोल्नेसम्मका विषय समेटिएका छन् । घोषणापत्रमा माध्यमिक शिक्षा अनिवार्यरुपमा निशुल्क गर्नुपर्ने र विश्वविद्यालय शिक्षालाई सहज बनाउँदै लैजानुपर्ने उल्लेख छ ।

यस्तै, शिक्षामा बजेट बढाउनुपर्ने, स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्नेलगायत विषयहरु नेमकिपाले आफ्नो घोषणापत्रमा समेटेको छ। नेमकिपाले संघीयताको औचित्यमाथि प्रश्न उठाउँदै निर्वाचनपछि बलियो प्रतिपक्षको रुपमा संसदमा प्रस्तुत हुने जनाएको छ । नेमकिपाले उसले भारतसँग भएको असमान सन्धीहरु खारेज गर्न आफ्नो पार्टीले पहल गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

कार्यक्रममा अध्यक्ष नारायणमान बिजुक्छेले एमसीसी देशको अहितमा रहेको बताए । उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) का कारण नेपाल युद्धमा फस्ने स्थिति आएकोसमेत बताए ।

उनले भने, ’एमसीसी पारित भएपछि के थाह भयो भने दक्षिण एसियाली मुलुकहरुमा अमेरिकाले आफ्नो प्रभाव फैलाउँदै जानेछ ।’ अहिले संसारमा दक्षिणपन्थीहरुको प्रभाव बढ्दै गएको उनको आरोप थियो ।

प्रकाशित: ८ कार्तिक २०७९, मंगलवार ०९:०७

Leave a Reply