No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यस्तो राजनीति अन्ततः ठालुतन्त्रमा सीमित हुन्छ

0

डा. युवराज संग्रौला।
राजनीतिलाई राजनीतिक बिचार र क्रियामा बुझ्ने मानिसहरु छन्, दलहरु भित्र कुन्ठित । उनीहरुसँग कुरा हुन्छ कहिलेकाही, तर निराशाको दलदलमा । चर्चा उत्तेजना समाजको संक्रमणकालीन चरित्र नै हो । यो कहिले चीनको सांस्कृतिक क्रान्ति जस्तो, कहिले इन्दिरा गान्धीको संकटकाल जस्तो र कहिले लालुप्रसाद यादबको राजनीतिका रुपमा देखिँदो रहेछ। अमेरिकी डोनाल्ड ट्रम्प चर्चा उत्तेजनाका एक पक्ष हुनन् । यस्तो राजनीतिले प्रश्नहरुको जवाफ दिनु पर्दैन । अमेरिकी बर्नी सेन्डरसँग विचार थियो, बौद्धिकता थियो र मास थियो । उनीसँग उत्तर थियो, तर आजको प्रविधिलाई प्राप्त प्रोपोगान्डा प्रयोग गर्ने चर्चा संचार थिएन । चर्चा संचारले उद्देश्यमूलक संचारको बध गर्दछ ।

जब राजनीति अफवाह, फरेब र बाहिर प्रगतिशील तर भित्र निहित शक्ति स्वार्थको भ्रुणबाट जन्मिन्छ, त्यसले सोच्न नचाहने अगाडि एउटा कुदेको देखेपछि पछाडिको पनि कुद्ने प्रवृत्ति बोकेर हुर्कने मति प्रकट गर्छ । त्यसको दिशा हुन्छ तर गन्तव्य हुँदैन । त्यस रणनीति हुन्छ, तर विचार हुँदैन । यस्तो राजनीति अन्ततः ठालुतन्त्रमा सीमित हुन्छ ।

१. त्यसले मानिसलाई होइन धनलाई राजनीतिको केन्द्र बनाउँछ । एउटा स्वार्थी संभ्रान्तवादको जन्म हुन्छ । यस सभ्रान्तवादको सेवामा अर्ध चेतना बोकेको भीड पछि पछि हिँड्छ । यो छाडा बोको जस्तै हुन्छ ।
२. यस्तो राजनीतिले किसानका हातका ठेला देख्दैन । यसले गाउँ देख्दैन। यसले ठमेल र भाटभटेनी मात्र देख्छ ।
३. यसले मानवता देख्दैन । यसले पैसा मात्र देख्छ ।
४. यसले राष्ट्र देख्दैन। यसले शासन र सत्ता मात्र देख्छ ।
तर पनि यो एउटा समयसम्म हुर्किन्छ किनभने यसका पछाडि सोच्न नचाहनेको भीड हुन्छ। त्यसले सत्य देख्न सक्तैन। उसले देखेको सत्य होइन भन्ने थाहा पाउँंदैन।
राजनीतिमा सरीक इमानदारहरुले यस्तो माहौलमा उदाउन उन्यूँंघारीमा उम्रेको सखुवाको बिरुवाले जस्तै संघर्ष गर्नुपर्छ ।

प्रकाशित: १७ माघ २०७९, मंगलवार ०५:०३

Leave a Reply