No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रायश्चित गर्ने मौका तनहुँ-१ लाई मिलेको छ !

0

दीपकराज जोशी ।

हामीले शुरू गरेको विद्रोहको आगो आज देशैभरी फैलिएको छ। साथीहरु, समाजद्रोही, देश द्रोही हुनुभन्दा विद्रोही बन्नु धेरै राम्रो हुन्छ ।
महामानव विपी कोइरालाले बनाएको नेपाली कांग्रेस पार्टीमा आज मानवहरु कहीं कतै देखिँदैन, यहाँ त केबल दानवहरु छन्। उनीहरूलेनै सेवाको नाममा शासन गर्दै हामीलाई शोषण गर्दै आइरहेका छन्। तपाईंहरु सबैलाई थाहै छ गएको स्थानीय चुनावमा व्यास–८ (अहिलेका राष्ट्रपति रामचन्द्र पौडेलको गाउँ) रिस्तीको बुथमा मलाई हमला गरेर मार्ने षड्यन्त्र गरियो । मेरो टाउकोमा ८ वटा टाँका लगाइएको थियो। म अहिले पनि उपचार गराइरहेको छू। त्यति बेला यो जिल्लाको कांग्रेसहरु र मेरो बुवाका साथी हरूले मानवीयता देखाएनन्। सायद उहाँहरुसँग मानवीयता थिएन होला । एउटा कुरा विचार गर्नु होला मानवीयता बिनाको राजनीतिले देशलाई समृद्धि दिन सक्दैन ।

त्यति मात्र कहाँ हो र टिभीमा दीपकराज जोशीलाई गोली हान्न पर्ने थियो लठ्ठी मात्र हानेछ भन्ने पात्र रामचन्द्र पौडेललाई देशको राष्ट्रपति बनाइयो भनेर खुसी हुँदै उत्सव मनाउनेहरुको फेसवुक पोस्टहरु अहिले पनि मेरो मानसपटलबाट गएको छैन । ७४ वर्षीया मेरी आमाको कोख रित्याउन लाग्दा खुसी भएर उत्सव मनाउनेहरुलाई पापको प्रायाश्चित गर्ने मौका तनहुँ १ लाई मिलेको छ। यस्तो मौका पटक पटक आउँदैन ।
यो लडाइ देश विकास गर्नको लागि मात्रै होइन। यो लडाइँ अब आउने पुस्तालाई सुरक्षा , सुशासन, आत्मनिर्भरता र आफ्नै समाजमा गर्व गरेर बस्न लायक वनाउने लडाइँ हो।

त्यसैले तनहुँबासीले यसपालि तनहुँको भविष्य स्वर्णीम अक्षरले कोर्नु हूनेछ । साथीहरु, यो वेदव्यासको भूमि हो, यो पराशर भूमि हो। वेद व्यास जसले माहाभारत लेखे । आज यो देश विषम परीस्थितिबाट गुज्रिरहेको छ। महाभारतमा पाण्डवहरुको जीत भए जस्तै यसपालि तनहुँमा सत्यको जीत हूने छ । आउनुहोस् सबै मिलेर यो महायज्ञमा एकपटक चर्को ध्वनि निकालौ जुन ध्वनी नेपालभरी र अब आउने पुस्ताको कानमा सदैव गुन्जीरहने छ।

 

प्रकाशित: ३ बैशाख २०८०, आईतवार ०७:४८

Leave a Reply