No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली राजनीतिमा कांग्रेसको विकल्प छैन : नेता कोइराला

0
काठमाडौँ  । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले नेपाली राजनीतिमा कांग्रेसको विकल्प नभएको बताएका छन् । कांग्रेसका केन्द्रीय पदाधिकारी तथा सदस्यको स्वागत र सम्मानमा आज यहाँ आयोजना गरेको चियापान कार्यक्रममा उनले मुलुकका सबै परिवर्तनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै पार्टीभित्र एकता कायम राख्न सके कुनै पनि शक्तिले  हराउन नसक्ने बताए । मुलुकको विकासको संवाहकसमेत कांग्रेस भएको जिकिर गर्दै नेता कोइरालाले मुलुकमा विकास र आर्थिक समृद्धी कांग्रेसले मात्र दिनसक्ने स्पष्ट पारे । विगत ६ दिनदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी र देशको बारेमा गम्भीर समीक्षा गरेकाले कांग्रेसको पक्षमा माहोल सिर्जना भएको उनले उल्लेख गरे । चियापान कार्यक्रममा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्वय भीष्मराज आङ्देम्बे र बद्रीप्रसाद पाण्डे, जीवन परियार, कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महत, नेता डा शेखर कोइरालालगायतकोे उपस्थिति थियो । चियापान कार्यक्रममा कांग्रेसका पूर्व पदाधिकारी, मन्त्री, वर्तमान पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य, जिल्ला सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।    
प्रकाशित: ९ श्रावण २०८०, मंगलवार ०७:३९

Leave a Reply