No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनको तौल ६० किलो ७८९ ग्राम

0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपासपछि बरामद भएको ब्रेक शु भित्र ६० किलो भन्दा बढी सुन रहेको पाइएको छ । सोमबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राजस्व अनुसन्धान विभागका कर्मचारीको उपस्थितिमा ब्रेक शु खोलेर सुनको तौल जोखेको हो ।

महाशाखा प्रमुख थानेश्वर आचार्यले ब्रेक शुभित्र रहेको सुनको तौल ६० किलो ७८९ ग्राम रहेको जानकारी दिए । अब यो सुन गालेर फेरि जोखिनेछ । आचार्यले सुनको यकिन परिमाण भने गालेपछि मात्र थाहा हुने बताए ।

राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट जाँच पास भइसकेको अवस्थामा सुनसहित १५५ किलो ब्रेक शु बरामद गरेको थियो । सुन प्रकरणको राजश्व अनुसन्धान १९ दिनसम्म गरेर थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो । सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: २९ श्रावण २०८०, सोमबार १२:५७

Leave a Reply