No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ताजिकिस्तानमा भारी वर्षा, १३ जनाको मृत्यु

0

मध्य ताजिकिस्तानमा भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ । राजधानी दुशान्बेको दक्षिण र पूर्वका क्षेत्रमा आइतबार आएको आँधीबेहरीका कारण करिब एक दर्जन जिल्लामा पहिरो पहिरो गएको देशको आपतकालीन मन्त्रालयका प्रवक्ताले बताएका छन् ।

राष्ट्रपति इमोमाली रहमोनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षाका कारण हिजो प्राकृतिक विपत्ति आएको र वाहदातमा ११ र रुदाकी जिल्लामा दुई जना गरी १३ जनाको मृत्यु भएको छ ।’प्रवक्ताले पहिरोको थप जोखिम अझै उच्च रहेको बताएका छन् ।

मध्य एसियाका पूर्व सोभियत राष्ट्रहरूमध्ये सबैभन्दा गरिबमध्येको एक ताजिकिस्तान प्राकृतिक विपत्तिको चपेटामा परेको छ । पामिर पर्वतले घेरिएको अफगानिस्तान, चीन र किर्गिस्तानको सिमानामा रहेको ताजिकिस्तानको दक्षिणको स्वायत्त क्षेत्र माथिल्लो बदख्शानमा गत फेब्रुअरीमा पनि दर्जनौँ हिमस्खलनका कारण ठाउठाउमा पहिरो र चट्टान खसेका थिए ।

प्रकाशित: ११ भाद्र २०८०, सोमबार १४:४४

Leave a Reply