+

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान

२८ असार २०८३, आईतवार ०७:३७

कपिलवस्तु । जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा २६६ स्थानमा सिसिटिभी जडान गरिएको छ ।

स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सिसिटिभी जडान गरेको हो ।

उक्त कार्यालयका प्रहरी निरीक्षक दीपेन्द्रकुमार सिंहका अनुसार कपिलवस्तु नगरपालिकामा १४ वटा सिसिटिभी क्यामेरा र अन्य पालिकाहरूका मुख्य चोक, बजार तथा सुरक्षाका दृष्टिले संवेदनशील ठानिएका स्थानमा सिसिटिभी जडान गरिएको हो ।

आपराधिक गतिविधि नियन्त्रण तथा समाजमा शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सिसिटिभी जडान गरिएको उनले बताए ।