No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशीको सभामुख चयन आज, सत्ता गठबन्धनले राप्रपालाई सघाउने

0

विराटनगर । कोशी प्रदेशसभामा सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनका लागि आजै दिउँसो ३ बजे निर्वाचन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ । सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरेको थियो । त्यसै अनुसार राप्रपाले पनि उम्मेदवारी दिने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको संसदीय दलको बैठकले निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने निर्णय गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । राप्रपाले केही दिनअघि नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सत्ता गठबन्धले राप्रपालाई सघाउने निर्णय गरिसकेको छ ।

प्रकाशित: २४ पुष २०८०, मंगलवार ०६:१३

Leave a Reply