No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालले भारतसँग सुमधुर सम्बन्ध बनाएर फाइदा लिन सक्नुपर्छः नेता शर्मा(भिडियो)

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य रामकुमार शर्माले नेपाल र भारतबीच विशेष सम्बन्ध रहेको बताएका छन् ।

न्यूज नेपाल टेलिभिजनको कार्यक्रम ‘नेपाल भारत सम्बन्ध विशेष’ कार्यक्रममा कुरा गर्दै शर्माले नेपाल भारत बीचको विशिष्ट सम्बन्धलाई राष्ट्रको हितमा उपयोग गर्न प्रधानमन्त्री प्रचण्ड सक्षम रहेको बताएका हुन् । उनले सरकार र नागरिकले सही धारणा बनाउने सके छिमेकी मुलुकबाट धेरै फाइदा लिनसक्ने बताए । उनले अहिलेसम्म छिमेकीको प्रगतिबाट नेपालले फाइदा लिन नसकेको बताए ।

छिमेकीसँग असल मित्रको सम्बन्ध राख्न नसके फाइदा लिन नसकिने बताए । शर्माले प्रधानमन्त्री प्रचण्डले भारतसँगको सम्बन्ध सुमधुर बनाएको र विद्युत खरिद सम्झौताले मुलुकको विकासका लागि फड्को मार्ने बताए ।

 

प्रकाशित: १२ माघ २०८०, शुक्रबार १९:१०

Leave a Reply