No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

महासमिति बैठकका लागि देउवाले तोके आठ उपसमितिका संयोजक

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको तयारीका लागि उपसमितिका संयोजक तोकेका छन् । आइतबार सभापति देउवाले महासमिति बैठकको तयारीका लागि आठवटा उपसमितिका संयोजक तोकेका हुन् ।

सभापति देउवाले प्रचार प्रसार उपसमितिको संयोजकको जिम्मेवारी मीनबहादुर विश्वकर्मालाई दिएका छन् । यस्तै, सभापति देउवाले आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजक उदय शमशेर राणा र यातायात व्यवस्थापन उपसमितिको संयोजक धना खतिवडालाई तोकेका छन् ।

यसैगरी, स्वयंसेवक परिचालन उपसमितिको संयोजकको जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिको संयोजक उर्मिला नेपाल केसी, प्रदेश समन्वय उपसमितिको संयोजक इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी ललितपुर जिल्ला सभापति जितेन्द्र श्रेष्ठले पाएका छन् । कांग्रेसको महासमिति बैठक फागसन ७ देखि १० गतेसम्म गोदाबरीमा बस्दैछ ।

प्रकाशित: २१ माघ २०८०, आईतवार ०७:२१

Leave a Reply