No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड जरिवाना

0

काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा तीन वर्ष कैदको सजाय भएको छ । आइतबार विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्व सांसद तामाङलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड ४४ हजार बराबरको बिगो जरिवाना हुने फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरु टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई सम्पत्ति सुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३०(१)(क) बमोजिम उनलाई उक्त सजाय हुने फैसला सुनाएको हो । विशेष अदालतले सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका तामाङलाई माघ ७ गते दोषी ठहर हुने सजाय सुनाएको थियो ।

त्यस्तै इच्छाराजकी श्रीमती सिर्जना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई १ वर्ष ६ महिना कैद सजाय हुने फैसला भएको छ ।
अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष रहेका केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय गरिएको छ भने २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला भएको छ ।

त्यस्तै गरी प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठकी श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने फैसला गरिएको छ ।

२०७९ भदौमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी श्रीमती सिर्जना, दुई छोरीलायत विरुद्ध सम्पत्ति शुद्धिकरणको आरोपमा मुद्दा दायर गरेको थियो ।

 

प्रकाशित: २१ माघ २०८०, आईतवार १२:३५

Leave a Reply