No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मुख्यमन्त्री कप भलिबलमा पुलिस र आर्मी सेमिफाइनलमा

0

किमाथाङ्क । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका हुन् ।

बिहीबार भएको खेलमा पुलिस क्लबले एपिएफ क्लबलाई ३–२ सेटले पराजित गरेको हो । पुलिस क्लबले उक्त खेल २९–२७, २५–२०, १६–२५ र १५–१२ अङ्कले जितेको हो । अर्को खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ३–२ सेटले हरायो । कर्णालीले कोशी प्रदेशलाई १८–२५, १९–२५, २५–२३ र १५–१२ अङ्कले हराएको हो ।

यस्तै आजै भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ३–२ सेटले नै पराजित ग¥यो । सुदूरपश्चिम सो खेलमा २५–१७, २६–२५, २५–२३ र १५–६ अङ्कले विजयी भयो ।

यही फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले तीन लाख, उपविजेताले एक लाख ५० हजार, तृतीय हुनेले ५० हजार र चौथो हुने टोलीले ३० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित: १७ फाल्गुन २०८०, बिहीबार १५:२८

Leave a Reply