No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारले टी–२० विश्वकप तयारीका लागि क्रिकेट संघलाई दियो पाँच करोड

0

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि सरकारले नेपाल क्रिकेट संघ (क्यान)लाई पाँच करोड रुपैयाँ दिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिए ।

उनले बजेट दिएकोमा सरकारलाई धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दै छ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु ।’

गत अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म भएको आईसीसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि सुरु हुने आईसीसी ट्वान्टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो ।

प्रकाशित: २३ फाल्गुन २०८०, बुधबार १२:२९

Leave a Reply