No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसी हवाई आक्रमणबाट किएभनजिकै एउटा ठूलो ऊर्जा केन्द्र ध्वस्त

0

बीबीसी । रुसी सेनाले गरेको हवाई आक्रमणमा युक्रेनको राजधानी किएभनजिकै रहेको एउटा ठूलो ऊर्जा केन्द्र पूर्ण रूपमा ध्वस्त भएको ऊर्जा कम्पनी सेन्त्रेनेर्गोले जनाएको छ ।

अधिकारीहरूका अनुसार ‘ट्रिपील्या पावर प्लान्ट’बाट किएभसहित तीनवटा क्षेत्रमा विद्युत् आपूर्ति हुन्थ्यो । रुसले युद्ध सुरु भएयता सुनियोजित रूपमा युक्रेनी ऊर्जा प्रणालीलाई निसाना बनाउँदै आएको छ ।

होताले दिएको जानकारीअनुसार बिहीवार बिहानको हमलामा उक्त ऊर्जा केन्द्रका ‘ट्रान्सफर्मर, टर्बाइन र जेनरेटरहरू’ ध्वस्त भएका छन् । उनले रुसी पक्षले ती उपकरणलाई शतप्रतिशत नष्ट गरिदिएको बताए।

उक्त केन्द्र राजधानी किएभबाट ५० किलोमिटर दक्षिणमा छ । हवाई आक्रमणपछि केन्द्रको ‘र्बाइन वर्कशप’मा आगलागी पनि भएको थियो । उक्त कम्पनीका प्रमुखले ऊर्जा केन्द्रमा कैयौँ क्षैप्यास्त्र प्रहार भएको बताए ।

उनका अनुसार त्यहाँ कार्यरत कर्मचारीहरू ड्रोन प्रहार हुनेबित्तिकै भागेर सुरक्षित स्थानमा लुक्न गएका थिए । आक्रमणसँगै त्यहाँका बासिन्दाहरूलाई घरका झ्यालहरू बन्द गर्न, सबै विद्युतीय उपकरणहरू चार्ज गर्न अनि पानी भण्डारण गर्न आग्रह गरिएको थियो ।

बिहीबार बिहान सबेरै युक्रेनभरि ८० वटाभन्दा बढी क्षेप्यास्त्र र ड्रोन प्रहार भएका थिए। तीमध्ये अधिकांशले ऊर्जा पूर्वाधारलाई निसाना बनाएका थिए ।

युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले झन्डै एकतिहाइ क्षेप्यास्त्र र ड्रोनलाई निस्तेज पारिदिएको थियो । उक्त आक्रमणको घण्टौँपछि सेन्त्रेनेर्गो कम्पनीले ट्रिपील्या ऊर्जा केन्द्रमा विद्युत् उत्पादन बन्द भएको जनाएको छ ।

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार ०६:०१

Leave a Reply