No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नागरिक उन्मुक्ति पार्टीका सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

0

धनगढी । नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतासमेत रहेका प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई निलम्बन गरिएको छ। आज (शुक्रवार) पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले घनश्यामलाई कारबाहीस्वरुप ३ महिनाका लागि निलम्बित गरिएको जानकारी दिइन्।

उनका अनुसार पार्टी बैठकमा उपस्थित नभएको र स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो जवाफ नदिएकाले चौधरीलाई कारबाही गरिएको हो।

श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको पत्र सभामुख भीम भण्डारीलाई पनि पठाएकी छन्। यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई हटाएर कैलाश चौधरीलाई तोकेकी थिइन्।

तर, संसदीय दलबाटै नेता छान्नुपर्ने भएकाले पार्टीको निर्णय लागू हुने नदेखेपछि श्रेष्ठले घनश्यामलाई निलम्बन गरेकी हुन्। घनश्याम रेशम चौधरी पक्षका हुन्। यस अगाडि श्रेष्ठले समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाइसकेकी छन्।

नाउपाले सुदूरपश्चिमआ आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा करिब टुङ्गो लागे पनि त्यसको नेतृत्वको विषयमा भने विवाद कायमै छ।

 

प्रकाशित: ३० चैत्र २०८०, शुक्रबार ०८:५३

Leave a Reply