No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

0

काठमाडौं । हङकङलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । सोमबार भएको खेलमा नेपालले हङकङलाई ८ विकेटले हराएको छ ।

हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२ ओभर २ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले ४०, कुशल भुर्तेलले ३२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नट आउट २५ र सन्दीप जोराले नट आउट १९ रन बनाए । हङकङका एहसान खान र यासिम मुर्तजाले समान १ विकेट लिए ।

यसअघि अल अमिरात क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा ११४ रनमा अल आउट भयो । यो जितसँगै नेपाल ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । हङकङ ३ खेलमा १ जितसहित २ अङ्क जोड्दै चौथो स्थानमा छ ।

प्रकाशित: ३ बैशाख २०८१, सोमबार ०९:४६

Leave a Reply