No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिममा एकीकृत समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने दाउमा, लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता

0

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि नयाँ खेल सुरु भएको छ । बैशाख २ गते मुख्यमन्त्रीका लागि दुई जनाले दावी पेश गरेको भएपनि अहिलेसम्म कसैलाई प्रदेश प्रमुखले नियुक्ति दिएका छ्रनन् ।

मंगलबार फेरि बैशाख २ गते नागरिक उन्मुक्तिका लक्ष्मणकिशोरलाई दिएको समर्थन एकीकृत समाजवादीले फिर्ता लिएको छ । यो संगै अब सरकार गठन प्रकृया कसरी अघि बढ्ने भन्ने अन्योलता बढेको छ ।

आइतबार प्रदेश प्रमुख नाजिर मियाँले दिएको समयभित्र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि पेश गरेपनि अहिलेसम्म प्रदेश प्रमुखले निर्णय लिएका छैनन् । यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको मंगलबार बिहान बालुवाटरमा भएको छलफल पछि सुदूरपश्चिमको राजनिति नयाँ विकल्पमा अघि बढेको छ ।

सुदूरपश्चिमका एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नाउपाका केही सांसदहरुले छलफल गरेर समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ । नाउपाका दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेको अवस्थामा एकीकृत समाजवादीलाई कसरी मुख्यमन्त्री दिन सकिन्छ भन्ने कानुनी पाटो अहिले छलफल भइरहेको बुझिएको छ ।
प्रदेश प्रमुखले दुवै दाबीलाई रद्द गरेर नयाँ आह्हवान गर्न सक्ने बताइएको छ ।

आइतबार गरिएको दाबीमा लक्ष्मणकिशोरले कांग्रेससहित २८ सांसदको समर्थन पेश गरेका छन् भने कैलाश चौधरीले २३ सांसदको समर्थन सूची पेश गरेका छन् ।

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार ०९:५९

Leave a Reply