No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भन्ने पत्तालगाउन संसदीय समितिः महामन्त्री थापा

0

सुदूरपश्चिम  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री एकै व्यक्ति हुन् कि होइनन् भन्ने खोज्न आफूहरुले संसदीय छानबिन समिति गठनको माग गरेको बताएका छन् ।

संवाद यात्राका क्रममा मंगलबार कञ्चनपुरको पुनर्वासमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सहकारी ठगीमा सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गरेका हुन् ।

उनले भने, ‘सहकारी ठगी गर्ने रवि लामिछाने र अहिलेका गृहमन्त्री रवि लामिछाने एउटै हुन् कि होइनन् भनेर खोज्न पर्यो कि परेन ? त्यो हामीले नखोजे कसले खोज्छ ? यो ठाउँमा कांग्रेस, एमाले र माओवादी भए पनि वा नयाँ, पुरानो जुन दलको भए पनि खोज्नुपर्थ्यो ।’

सहकारीको रकम अपचलन भएको र प्रहरीले गरेको अनुसन्धान विश्वसनीय नभएकोले संसदीय छानबिन समिति गठन गरिनुपर्ने उनले बताए।

उनले सर्वसाधारणले कानुन मिच्दा जुन दण्ड पाउँछन् ठूला भनिएका व्यक्तिले पनि सोही मुताविकको दण्ड पाउनुपर्ने बताए । जनतामा लोकप्रिय र सरकारमा शक्तिशाली छु भन्दैमा कानुन भन्दा कोही माथि नहुने उनले बताए

 

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार ११:२८

Leave a Reply