No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, पुनः दाबी गर्न दुई दिनको म्याद

0

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले दुवै जनाको दाबी नपुगेको भन्दै पुनः दुई दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

पछिल्लो राजनीतिक सहमति अनुसार अब सुदूरपश्चिमको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी बन्ने छन् ।

उनलाई मुख्यमन्त्री बनाएर सत्ता गठबन्धनको संकट टार्ने सहमति भइसकेको छ । सोही सहमतिलाई नजरमा राखेर प्रदेश प्रमुख मियाँले पहिले परेका दुवै दाबी अस्वीकृत गरेका हुन् ।

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार १२:२६

Leave a Reply