No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विपक्षी दलहरुको बहिष्कारकाबीच मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई चौथो पटक विश्वासको मत प्राप्त

0

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन् । मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत पाएका हुन् ।

मुख्यमन्त्री यादवले ६१ मत पाएका छन् । सुरुमा बैठकमा सबै दल भए पनि कांग्रेस, जनमत र लोसपा बाहिरिएपछि ६१ जना सांसद उपस्थित थिए । उपस्थित सबै सांसदले मुख्यमन्त्री यादवलाई मत दिएका थिए ।

१०७ प्रदेश सांसद रहेको मधेश प्रदेशसभामा मुख्यमन्त्री यादवलाई विश्वासको मतका लागि ५४ जनाको समर्थन आवश्यक पर्थ्यो । सत्ता गठबन्धनमा रहेका जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी रहेका छन् ।

प्रकाशित: ४ बैशाख २०८१, मंगलवार १५:१६

Leave a Reply