No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दै

0

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ । एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको नेपाल आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ।

नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार मध्यान्ह्र पौने १२ बजेदेखि अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा हुनेछ ।  ओमानमा जारी प्रदर्शनमा अपराजित रहँदै नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ यसअघि नै सेमिफाइनलमा पुगी सकेको छ ।

साउदी अरेबिया र नेपालको जारी प्रतियोगितामा पहिलो भेट हुँदैछ । ३ खेल खेलेको साउदीले २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना भने कायमै रहेको छ ।

जारी प्रिमियर कपमा नेपालले समूहको बलियो विपक्षी हङकङलाई हराउँदै सुधारिएको खेल देखाएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार ०२:३७

Leave a Reply