No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

0

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गते शुक्रबारका लागि आह्वान गरिएको छ । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार दिउँसो ३ बजेका लागि प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्ने तयारी छ ।

२५ चैतमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक जना स्वतन्त्र सांसदको समर्थन देखाएर अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए ।

सभामुखलाई पनि गणना गरेर बहुमत पुर्याएपछि कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

त्यसमा अदालतले कुनै दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । अदालतले अर्को पेसी १० वैशाखलाई तोकेको छ । तर, त्योभन्दा अघि नै मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रकाशित: ५ बैशाख २०८१, बुधबार ०८:३५

Leave a Reply