No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वैशाख १५ गतेदेखि खुला मेयर कप फुटबल प्रतियोगिता

0

 

ललितपुर । प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरुआत हुने भएको छ ।

गोदावरी नगरपालिकाद्वारा गोदावरी–१० स्थित खेलमैदानमा आयोजना हुने प्रतियोगितामा काठमाडौँको नौ स्थानीय तहको नौ, ललितपुरको चार स्थानीय तहको पाँच र भक्तपुरको एक स्थानीय तहबाट एक टोली सहभागिता रहनेछ ।

प्रतियोगिताका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विजेता र उपविजेता टोलीले नगद पुरस्कार क्रमशः  पाँच लाख,  तीन लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै अनुशासित टोलीलाई  ५० हजार ‘म्यान अफ दी म्याच’ लाई ५० हजारका साथै उत्कृष्ट गोलकिपर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता प्रशिक्षकलाई  २५ हजार नगद पुरस्कार प्रदान गरिने जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले नगरमा खेल पर्यटनको विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिताका लागि गोदावरी नगरपालिकाले २५ लाख बजेट विनियोजन गरेको बताइएको छ  ।

प्रकाशित: १० बैशाख २०८१, सोमबार १४:५८

Leave a Reply