+

दीप प्रज्वलनमा वाईसियलको हमलाः राज्य संरक्षित दमन र प्रतिशोध

२० जेष्ठ २०८२, सोमबार १५:१५

टिप्पणी । उज्यालो नेपाल ।
जेठ १८ गते जहाँ बसेर माओवादी सुप्रिमो प्रचण्डले राजावादीहरुलाई ईंटको जवाफ पत्थरले दिन निर्देशित गरेका थिए, त्यही स्थलबाट त्यसको ४८ घण्टा पनि नबित्दै वाईसियलले राजावादी कार्यक्रममा असफल हमला प्रयाश गरेको छ । स्वर्गवासी राजा वीरेन्द्र लगायत राजपरिवारको सदस्यहरुको संझना र सम्मानमा आयोजित दीप प्रज्ज्वलन कार्यक्रममा वाईसियलले झण्डा सहित आक्रमण प्रयाश गर्यो ।

त्यो आक्रमण प्रयाश भवितव्य वा संयोग मात्र थिएन, त्यो पूर्व निर्धारित माओवादी आतंकको नयाँ संस्करण थियो । यदि त्यसो होईन भने दीप सिखाहरु सहित वाईसियलको हुल गणेशमन्दिरतिर झण्डा लिएर हुँत्तिनु पर्ने आधार र कारण केही पनि थिएन । वाईसियलले राजावादीको गणेश मन्दिरमा दीप प्रज्वलन कार्यक्रममा मुर्दावाद भन्दै हस्तक्षेपका लागि जानुको न तुक थियो, न जायज नै थियो । त्यो राजावादी विरुद्ध उसको दादागिरी थियो ।

मिडियाकर्मीहरुसंगको प्रतिक्रियामा उल्टै वाईसियलका नेता दीप सिखाले वाईसियलको कार्यक्रम स्थलमा राजावादी गएको झुट्टो आरोप लगाए । कार्यक्रम गणेश मन्दिरमा थियो, दीप प्रजवलनको, वाईसियलको कार्यक्रम प्रज्ञा भवनमा थियो, बन्द हलभित्र । राजावादीहरु मन्दिर भित्र र बाहिर दीप जलाउदै थिए । राजावादीहरु ऋाफैं प्रज्ञा भवनमा प्रवेश गरेर निहुँ खोजेका होईन्न ।
वाईसियलहरु प्रज्ञाभवनबाट निस्केर राजावादी विरुद्ध नारावाजी गर्दै हस्तक्षेपमा उत्रेका हुन । तर यो सत्यलाई ढाकछोप गर्दै वाईसियलका नेता दीपसिखाले राजावादीहरु वाईसियलको कार्यक्रम भएको ठाउँमा गएको बेतुके दाबी गरे । उनले राजावदीहरुको वुद्धि पलोवस भनेर उल्टो हाँस्याष्पद गफ दिए । आफ्नै संगठनका कार्यकत्र्ताले दीप प्रजवलनको स्थानमा हुलदंगाको प्रयाश गर्ने अनी उल्टो राजावदीलाई बुद्धि पलावस भनेर कामना गर्ने यो वाईसियल नेताको बुद्धिको बिर्को चाँहि किन बन्द भएको होला ?

पट्क पट्क सत्ताको नेतृत्व गरेका र शान्ति प्रक्रियाको एक जीवन्त नेता हुन प्रचण्ड र उनको दल माओवादी । फरक विचार र आस्थालाई शान्तिपूर्ण कार्यक्रम गर्न दिने व्यवस्था नै प्रचण्डको जनयुद्धले ल्याएको हो । तर अहिले प्रचण्डले ल्याएको परिवर्तनले प्रचण्डलाई नै गिज्याउन थालेपछि, देश कुशासन र भ्रष्टाचारले आक्रान्त भएपछि, जनता राजा र राजपरिवारको खोजी गर्न लागेका छन, सदनदेखि सडकसम्म, गाउँ बस्तीदेखि शहर बजारसम्म । अनि उनै प्रचण्ड, जो आफूलाई तथाकिथत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणेता भन्छन, उनै वाईसियललाई राजावादी विरुद्ध ईटको जवाफ पत्थरले दिन निर्देशित गर्छन । अनि वाईसियलहरु दीप जलाउने कार्यक्रमलाई झण्डा बोकेर बिथोल्न उम्लिन्छन भने, यो माओवादीको राज्य आतंक नै हो । यो उनीहरुको जनयुद्धकालिन विरोधी सफाया गर्ने आपराधिक मनोवृत्तिको धंगधगी नै हो । यो गणतन्त्र नेपालका हिमायती माओवादीहरुको राजनीतिक निष्ठा र ईमानको स्खलन नै हो । हैन भने, यसरी श्रद्धाञ्जली दिने मन्दिरको कार्यक्रम भाँडन पाईदैन । कमरेड माओका कुनै पनि रेडबुकमा यस्तो हर्कत गर्ने साम्यवादी दीक्षा थिएन, छैन नै ।

निश्चिततै रुपमा दीप जलाउने कार्यक्रममा अनुमानित भन्दा ठूलो भीड जम्मा भएपछि कमलादीको सुरक्षा अवस्था संवेदनशील बनेको थियो । तर बिवादमा तानिएका गृहमन्त्रीले सुरक्षा व्यवस्थामा मौनता देखाए । हिजो प्रचण्डले वाईसियललाई निर्देशन दिएको तथ्य गृहमन्त्री रमेश लेखकको जानकारीमा थियो । कमलादीको गणेश मन्दिर नजिकै प्रज्ञा भवनमा माओवादी निकट वाइसिएलको महाधिवशेन चलिरहेकोले गणेश मन्दिरमा हुने दीप प्रज्वलनले सुरक्षा चुनौति उत्पन्न गराउँछ भन्ने तथ्य गृहमन्त्री लेखकलाई थिएन र ? थियो नी ।

प्रहरी उच्च अधिकारीहरुलाई राजपरिवारका सदस्यहरु सामेल हुने कार्यक्रममा जनसागर उर्लिन्छ, सुरक्षा व्यवस्था मिलाउनुपर्छ भन्ने हेक्का थिएन र ? थियो नी । तर, न त गृहमन्त्रीले न त सुरक्षा निकायका उच्च अधिकारीहरुले वाईसियलले राजावादीको दीप प्रज्वलन कार्यक्रम बिथोल्दै गर्दा समेत थप सुरक्षा प्रवन्ध गरेन्न । यसले प्रमाणित गर्छ की, वाईसियलको ज्यादतीमा सत्ता सहयोगी बन्यो, सरकार रमिते बन्यो । यस अर्थमा वाईयिल मार्फत भएको यो निन्दनीय राज्य आतंक नै हो ।

पूर्वयुवराज्ञी हिमानी र पूर्वनवयुवराज हृदयन्द्र दीप प्रज्ववलनका लागि आउँदा प्रहरीले कुनै पनि सुरक्षा दिएन । भीड छिचोलेर उनीहरुलाई मन्दिरमा प्रवेश गराउन स्वयम्सेवकलाई हम्मेहम्मे परेको थियो । के, राजपरिवारका सदस्य जाने कार्यक्रममा शान्ति सुरक्षाको प्रवन्ध गर्ने जिम्मेवारी सरकारको होईन । राजपरिवारका सदस्यहरुको लोकप्रियताको ग्राफ यो सरकारका मन्त्रीहरुलाई, सुरक्षा निकायका उच्च अधिकारीहरुलाई थिएन वा छैन ? बस, राज्य राजपरिवारका सदस्यप्रति यसरी पूर्वाग्रही बनेको नमुना यही हो ।

प्रज्ञा भवनबाट वाइसियलका कार्यकर्ताहरु बाहिर निस्किएर उनीहरु निहुँ खोज्न राजावादीतिर किन गए ? धर्मलाई अफिम मान्ने साम्यवादी दर्शनका हिमायती वाईसियलहरु राजावादीको दीप प्रज्वलनतिर किन गए ? उनीहरु त्यता नगएको भए के वाईयिलको कद घट्दथ्यो ? उनीहरु साना हुन्थे ? कार्यक्रममा तनाव बढ्थ्यो ? यो उनीहरुको हेपाहा, मिचाहा मनोवृत्तिको द्योतक नै थियो ।

प्रज्ञा भवनबाट निस्केर वाइसियलका कार्यकर्ताले राजपरिवारविरुद्ध नारावाजी गरेपछि राजावादीहरु पनि आक्रोशित हुनु अपराध थिएन । अनवश्यक हस्तक्षेप विरुद्धको प्रतिकार थियो । एक्सन विरुद्धको रियाक्सन थियो । वाईसियललाई राजावदीको दीप प्रज्वलन भाँडने कुनै अधिकार थिएन । के ती वाईसियलका नेता कार्यकत्र्ताका चाहि आफन्त प्रियजन दिवंगत हुदैन्न ? तिनले दीप प्रज्वलन वा कर्मकाण्ड गर्दैन्न । ती आक्रमणकारी आफैं चाँहि अजर, अमर हुन र ? तीनको पनि एकवारको मानव चोला होईन ? यो मानवीय संवेदनशीलतालाई अनदेखा गर्ने वाईसियल ज्यादत्ती नागरिक स्वतन्त्रतामाथिको दिनदहाडै भएको हमला हो ।

राजावादीहरुको गणेश मन्दिरमा के अपराध थियो ? प्रजावत्सल राजा वीरेन्द्रको परिवारको संझनामा हरेक वर्ष जेठ १९ मा यस्ता कार्यक्रमहरु २३ वर्षदेखि हुदै आएका छन । नागरिक स्तरबाट हुने यस्ता कार्यक्रमहरुमा राजपरिवारका सदस्यहरु प्छिल्ला दिनमा सामेल हुन थालेका छन । यो नागरिक हक हो । यो वाईसियलहरुको अनुमतिमा गनुपर्ने काम हैन ।

फेरि नारायणहिटी दरवार परिसरमा दीप प्रज्वलन कार्यक्रम गर्न काँग्रेस, एमालेको सरकारले रोक लगाएपछि राजावादीहरुले दीप प्रज्वलन गर्ने स्थान गणेश मन्दिर रोजेका हुन । यसरी सरकारले राजदरवार परिसरमा निषेधआज्ञा जारी गरेर रोक्ने अनि वाईसियलले मन्दिर मन्दिर घेरेर कार्यक्रम बिथोल्न खोज्ने घटनाक्रमले अन्ततः सत्तापक्ष र प्रतिपक्षको चरम अराजनीतिक हत्कण्डाकै मुकुण्डो उर्ताछ । यो राज्य संरक्षित दमन र प्रतिशोध नै भएको प्रमाणित गर्छ नी गर्दैन र ?

राज्य त्यसै बलियो छ, उसले मन्दिरमा बत्ति बाल्न जम्मा भएकाहरुलाई जे पनि गर्न सक्छ । प्रतिपक्षीहरु सरकारकै अंग हुन । उनीहरु बलिया हुन्छन । तर निहत्था नागरिकले मन्दिरमा बत्ति बाल्दा र आस्थाका राजपरिवारलाई श्रद्धाञ्जली दिदा पनि दमन र आक्रमण सामना गर्नुपर्छ भने सभ्य र लोकतान्त्रिक राज्यप्रति, कानुनी राजप्रति जनताको विश्वास र भरोस टुट्छ । यो गणतन्त्रका मसिहा ठान्ने प्रचण्डदेखि सत्ता नायक केपी ओलीहरु र उनीहरु मातहतका सबैले बुझ्नुपर्ने तथ्य हो । यही नै सत्य हो । कामना गरौं फेरि यस्तो कहिल्यै नहोस ।

वाईसियलको असफल हमला प्रयाश र सरकारको सुरक्षा प्रवन्ध बिना पनि समर्थक नागरिककै सुरक्षा घेरा वीच पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयन्द्र शाहले भने मन्दिरभित्र पूजा अर्चना सफल पारेका छन् । जनताले नै उनीहरुको सुरक्षा गरेका छन् । राजपरिवार र जनता मिलेर प्यारा राजा वीरेन्द्रको परिवार लगायत दरवार हत्याकाण्डमा स्वर्गवास भएकाहरुप्रति श्रद्धाञ्जली दिएका छन् ।

यसबाट प्रचण्ड, ओली र वाईसियलहरुले सिक्नुपर्छ र सच्चिनुपर्छ की जनताको शक्तिमा नै राजपरिवारले राजाले बोलेका छन्, हर क्रियाकलाप गरेका छन । जनताको साथ जब राजपरिवार र राजाप्रति छ भने प्रचण्डहरुले वाईसियल उतारेर वा केपी ओलीहरुले खडग देखाएर राजाप्रतिको जनसमर्थन घटनेवाला छैन, बरु गणतन्त्रको बर्को ओढेर गरिरहेको कुशासन र असफल सत्ताको आयु मात्र घटने छ ।थप यो पनिः

के २०६३ को गृहमन्त्रीलाई चाँहि झ्यानाकुटी पार्दै थुन्नुपर्ने हो गणतन्त्रमा ?

२०६४ को परिदृश्यमा देश

जनताले राजा माने, अब मान्ने पालो दल र नेताको

राजा फर्काउने जनआन्दोलनः नवराजका सारथि दुर्गा, कमरेडपछि कमाण्डर

कमल थापाको पक्राउसंगै राजावादीसंग हार्दै गएको ओली सरकार