+

बहुजातीय साँस्कृतिक संग्राहलय झापाका प्रणेता अर्थात माधव खतिवडा

२० चैत्र २०८२, शुक्रबार ०४:०६

उनले मागे एक थान ईटा, नागरिकले दिए अनगिन्ती ईटा । उनले मागे एक धुर जमिन असल जनमनले दिए सयौं धुर जमिन । उनले आँटे, नागरिकले पुरयाईदिए, पुर्र्याईदिदै आएका छन । सबैको मन छुने विषयमा मागेर पनि पुष्य गर्न सकिन्छ भन्ने उनी मानक प्रेरणा नै बनेका छन । अनि छरिएर रहेका जनमनलाई थोरै दान दातव्यकै भरमा एकत्रित गर्न सके राज्यले गर्न नसकेको काम व्यक्तिकै पहलकदमीमा पनि संभव हुन सक्छ भन्ने पनि उनी उदाहरणीय अगुवा हुन नी उनी ।।

उनले आँटे, ताकेको पनि हैन आफ्ना लागि । हो त केवल सबै जातका नेपालीको एकताका लागि । सबै जातीको कला, संस्कृति र साहित्यको सेवाका लागि । भाषाभाषी र धर्म संस्कृति र परम्पराको रक्षाका लागि । कालजयी देश सेवाका लागि कला, भाषा र संस्कृति जोगाउन पाईला चाले मात्रै पनि जनजनले घर घरबाट हातमा हात र साथमा साथ दिन्छन भन्ने उदाहरण नै हुन उनी ।

आधुनिक नेपालका निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहकै शव्दमा सबैको साझा फूलवारी सरह रहेको देशको माटोमा उनले रोपेको सत्विज हो, बहुजातीय साँस्कृतिक संग्राहलयसहितको अत्याधुनिक नाट्य केन्द्र । देशभरका कुनाकाप्चामा रहेका सबै जातीका मौलिक पहिचान, संस्कृति, सम्पदाको एकीकृत केन्द्र हो उनले निर्माण सुरु गरेको बहुजातीय साँस्कृतिक संग्राहलय, नाट्यशाला ।

हो, नेपालको पूर्वी भूगोल झापाबाट सूर्य मात्रै उदाउदैन, संस्कृतिको उत्थानको अभियान पनि छेडिएको छ । जातीय एकताको बिगुल पनि फुकिएको छ । जातीय संस्कृति, परम्परा, भाषा, संस्कृति र पहिचानको संरक्षण र संवद्र्धनको लंगमार्च पनि सुरु भएको छ । यो सबै गर्ने अरु कोही होईन्न, एक असल धर्तीपुत्र झापाली सन्तती माधव प्रसाद खतिवडा हुन । खतिवडा एक साहित्यनुरागी हुन । एक माटो र मुकुटका सेवक हुन । जातीय एकताका पक्षपाती हुन । संस्कृति र परम्परा जोगाउने अथक योद्धा हुन ।

उनी अर्थात पूर्व नेपाल झापाको आँगनमा बहुजातीय साँस्कृतिक संग्राहलयका परिकल्पनाकार, निर्माता अनि अगुवा माधव प्रसाद खतिवडाको सोचलाई स्थानीय, राष्ट्रिय र बाह्य सबै क्षेत्रका सहयोगी जनमनले सघाएका छन । तर, उनको बृह्त्तर योजनालाई प्राप्त सहयोग मात्रै पर्याप्त छैन । योजना ठूलो छ, उदेश्य असल छ, काम अघि बढेको छ । यसलाई अब सम्पन्न गर्नु छ, सक्दो छिटो । त्यसका लागि बाँकी सहयोगी जनमन, स्थानीय, प्रदेश र केन्द्र सरकारको थप मद्धतको जरुरत छ । त्यो पनि भोलि हैन, आज, आज हैन अहिल्यै ।

खासमा मान्छे सफल हुने उसकै असल कर्मले हो । असल कामको सबैतिर वाही वाही नै हुन्छ । केही समय अघि उनै झापाको साँस्कृतिक संग्राहलयका प्रणेता खतिवडालाई भियतनामबाट मिल्यो सम्मान । त्यो एक नेपाली संस्कृतिप्रेमीले विदेशी भूमिमा पाएको एकल सम्मान मात्र थिएन, देशकै गौरवको प्रतिक थियो । खतिवडाको लगन, मेहनेत, संघर्षप्रतिको अन्र्तराष्ट्रिय एक्यवद्धता र सम्मान पनि थियो ।

झापास्थित बहुजातीय साँस्कृतिक संग्राहलयलाई सिघ्राती सिघ्र सम्पन्न गरी पूर्ण रुपमा संचालनमा ल्याउने आफ्नो अतृप्त तृण्णाले खतिवडको भोक, तिर्खा र निद नै हराएको छ । अहिले उनलाई खाँचो छ साथको, समर्थनको, सहयोगको । त्यसैले, देश विदेशमा जो जहाँ छन, नेपाली ती सबैले बहुजातीय साँस्कृतिक संग्राहलयलाई सकेको दान दिनु, सहयोग गर्नु नै अहिलेको नागरिक धर्म हो । देशभक्तिप्रतिको सच्चा अभिव्यक्ति हो । मौलिकताको संरक्षणमा एक्यवद्धता, सहभागिता हो, हुनेछ ।

जातका नाममा संकीर्ण राजनीति हैन, जातीय विविधताको एकता र संस्कृति संरक्षणमा खतिवडाले सुरु गरेको एक्लो अभियान अब झापाको गौरवमय साझा सम्पति हो । देशको नयाँ पहिचान पनि हो । पूर्व झापालाई साँस्कृतिक पर्यटनको नयाँ हब बनाउने नयाँ अभियान पनि हो । त्यसैले खतिवडको कप्तानीमा जारी बहुजातीय संग्राहलय निर्माणलाई साथ दिन विलम्व नगरे, होला सबैको भलो । यो हर देशभक्त नागरिकको परम कर्तव्य पनि हो । हैन र ? कि कसो त ?
व्यूरो रिर्पोट, जिटिभी नेटवर्क, काठमाण्डौं ।