No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अर्थ वाणिज्य

आवश्यकताका आधारमा बजेटको सिद्धान्त र प्राथमिकता संशोधन हुन्छः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका राम्रा नीतिलाई निरन्तरता दिँदै वर्तमान सत्ता गठबन्धनले लिएका…

कच्चा पदार्थको अभावमा कैलालीका एक सय ३७ साना उद्योग बन्द

कैलाली ।  कच्चा पदार्थको अभाव हुँदा कैलाली जिल्लामा सञ्चालित एक सय ३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्।…

लगानी सम्मेलनको गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौँ ।  तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ । बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन…

पर्यटक बढाउन पोखराका होटलमा छुट अफर

गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २०…

राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता अभियान सञ्चालन

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ‘ग्लोबल मनी विक’का उपलक्ष्यमा देशव्यापी वित्तीय साक्षरता अभियान सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना सातै प्रादेशिक र शाखा कार्यालयमार्फत यही चैत ६ गतेदेखि ११ गतेसम्म वित्तीय साक्षरता कार्यक्रम सञ्चालन…

अन्नपूर्णमा आरोही आउन सुरु

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् ।  बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरु…

भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्मा पेस गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा अर्थमन्त्री पुनले उक्त प्रस्ताव पेस गरेका हुन् । आजको बैठकमा विधेयकमाथि…

शेयर बजारमा ६ दशमलव २४ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३…

४० करोड राजस्व छलीको अभियोगमा विभागद्वार ७९ करोड मागदाबीसहित मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले भन्सार छली गरी झण्डै ४० करोड बराबरको मालवस्तुको चोरी पैठारी गरेको आरोपमा विभिन्न फर्म तथा व्यवसायीहरूविरुद्ध मुद्दा दायर गरेको छ । विभागले उनीहरुविरुद्ध बिगो असुल गरी बिगो बराबरको ७९ करोडभन्दा बढी रकम…

पुँजीगत खर्च वृद्धि गर्न अर्थमन्त्रीलाई चेम्बरको आग्रह

काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्सले पुँजीगत खर्चमा वृद्धि गरी उत्पादन तथा रोजगारी सृजना गर्नेगरी नीतिगत व्यवस्था गर्न अर्थमन्त्री वर्षमान पुनसमक्ष आग्रह गरेको छ । चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वको टोलीले…