केशवप्रसाद भट्टराई ।
दुर्भाग्य त के हो भने काङ्ग्रेस पनि यी सवै अपराधपूर्ण राजनीतिक षड्यन्त्रमा प्रतक्ष र परोक्ष मतियार रहने गरेको छ ।
१. अख्तियारले कसैको भ्रष्टाचारको फाइल खोल्ने संकेत के देखाएको थियो, अख्तियार प्रमुखमाथि महाभियोग अनि सेटिङमा प्रमुख हुने योग्यता नै नभएको ठहर गराएर बर्खास्त । लामो समयसम्म न्यायाधीश हुने योग्यता पुग्यो । सर्वोच्चको प्रधान हुने समय आयो तिलस्मी षड्यन्त्र भयो र एक जना प्रधानन्यायाधीश हुँदा हुँदै र अर्का हुनै लाग्दा निर्लज्ज तरिकाले हटाइए– आफ्नाको पालो सुरक्षित र सुनिश्चित पारियो ।
२. सर्वोच्चमा कसैको मुद्दाको अन्तिम फैसलाहुने समय आयो, पार्टीका वकिल र न्यायाधीशहरूबाट आन्दोलन गराइयो । अन्त्यमा त्यसैको नाउमा प्रधान न्यायाधीशमाथि महाभियोग दर्ता । महाभियोगमा संसदमा छलफल हुँदा सवै नाङ्गिने र महाभियोग पनि असफल हुने हुँदा अन्तिम निर्णय नगराउने र उनलाई अदालतमा फर्किन पनि नदिने षड्यन्त्रपूर्ण चालबाजी भैरहेको देखिन्छ ।
३. उनको नियुक्ति नै विदेशमा विद्यमान अवैध रकमलाई वैध बनाएर भित्र्याउने षड्यन्त्रकैलागि भएको आम चर्चा त भएकै थियो । त्यसैको एउटा परीक्षण थियो– ४० करोड भित्राउने प्रयास । त्यसमा बाधक देखिएपछि विविध क्षेत्रको लामो अनुभव भएका र योग्य राष्ट्र बैंकका गभर्नर एकाएक निलम्बित भए ।
४. यी त केही झाँकी मात्रै हुन् । दुर्भाग्य त के हो भने काङ्ग्रेस पनि यी सबै अपराधपूर्ण राजनीतिक षड्यन्त्रमा प्रत्यक्ष र परोक्ष मतियार रहने गरेको छ ।


