+

वैकल्पिक राजनीतिको मूलबाटो

२१ असार २०७९, मंगलवार ०८:३४

ठाकुर पोखरेल ।

राजतन्त्र भन्दा गणतन्त्र उन्नत व्यवस्था, एकात्मक शासन भन्दा संघीय साशन उन्नत व्यवस्था हो। ०६२/६३ को जनआन्दोलन र छिटफुट आन्दोलनका उपलब्धिसँगै करिव १० वर्षको बहस छलफल पछि जारी भएको नयाँ संविधान घोषणा र अहिले कार्यान्वयन कै चरणमा उतारचढाव हुदै अघि बढिरहेका छौं ।
“व्यवस्था परिवर्तनको युग सकियो, अब नागरिकको अवस्था परिवर्तन गर्ने तिर लागौ” यो नारा नेपालको पहिलो गणतान्त्रिक सरकारका सफल अर्थ मन्त्रिका हैसियतले २०६४ मा डा बाबुराम भट्टराईले पटक पटक बोलेका कुरा हुन ”नेपालकोे संविधान २०७२” जारी भए पछि नयाँ शक्ति पार्टी निर्माण हुदाँ वैकल्पिक राजनीति वारे नयाँ विचार सहित ५ ‘स’ को प्रतिबद्धता (समतामूलक समृद्धि, समानुपातिक समावेशी लोकतन्त्र, सुशासन, स्वाधिनता सार्वभौमिकता,समुन्नत समाजवाद) सार्वजनिक गर्दै २०७३ जेठ ३०गते दशरथ रंगशालामा एउटा ठूलो जनसभा बीचमा डा बाबुराम भट्टराई द्वारा वैकल्पिक राजनीतिको विजारोपण गरिएको हो। त्यसपछि विवेकसिल, साझा पार्टीले पनि वैकल्पिक राजनीति वारे बहस चलाएका भाषणहरु सुनेका थियौं।

जनताले कांग्रेस कम्युनिष्टको बिकल्प खोजेका छैनन् भन्ने हुँदै होईन। बरु विकल्पमा आउँछु भन्नेहरुलाई बिश्वास नगरेका हुन।
नेपालको परिप्रेक्ष्यमा कांग्रेस कम्युनिष्टलाई नियन्त्रण र सन्तुलनमा राख्न पनि देशमा भरपर्दोअर्को शक्ति निर्माण हुन जरुरीहुन्छ। हाम्रो देशमा “ब्यावस्था पटक पटक बदलियो तर अवस्था उस्तै” कारण हो उमेरले ७० देखि ९० वर्ष पुग्न लागेका हजुर ‘बा’ समेत राजनीतिलाई मागिखाने थोत्रो कचौरा सम्झिदै सत्ताको खेलमा र्याल काढिरहने प्रवृत्तिले सिङ्गो नेपाल र नेपालीको अवस्था उकास्न, समृद्ध हुने चाहना र अधिकारका बाधाहरू यीनै हजुर बा पुस्ता हुन् भन्ने कुरा घाम जतिकै छर्लङ्ग भएकै हो।
वैकल्पिक शक्तिको यात्रा
बिडम्बना चुनाव जित्नकै लागि नेताले राष्ट्रवादको नारा लगाउँछन् । वृद्धभत्ता बढाउँछन् सहर अगाडिको बाटो पिच गर्छन्, सिमानाका कुरा उठाउँछन् । कार्यकर्तालाई जागिरको आसा बाढ्दै अनि फेरि चुनाव जित्छन् । यो कुसंस्कृत राजनीति रहेसम्म शुभ संस्कृतिको मूल्यमान्यता बोकेर चुनाव जित्न वैकल्पिक राजनीतिहरुका लागि फलाम चपाउनु जतिनै कठिनाई छ। यो खेलमा जित झेल्लीहरुकै हुन्छ । बिचौलिया अनि दलालकै चलखेल हुनेछ । नेता दलालका पनि दलाल बनेर चुनाव जित्नेछन् । जनताको वैकल्पिक राजनीति प्रतिको प्यास अनि आशा अधुरै रहनेछ। यी समस्यालाई चिर्ने मन्त्र अनि योजना वैकल्पिक शक्तिले बोक्न जरुरी छ । यो कुसंस्कारको राजनीति चिर्न सुसंस्कारको ज्वारभाटा चाहिएको छ । समाज यस्तै छ, राजनीति यस्तै हो भन्ने शक्ति होइन कि राजनीति यो होइन भनेर जनतालाई बुझाएर नेतृत्व गर्न सक्ने शक्ति चाहिएको छ । बेला बेलामा खवरदारी गर्दै वैकल्पिक राजनीतिको आवाजले माइतीघर मण्डलामा युवाहरुको लाम देख्दा लाग्छ, अधिकांश आत्मसन्तुष्टिका निम्ति आएका छन् । आज देशले राजनेता खोजेको छ । त्यो साहस खोजेको छ । वैकल्पिक राजनीतिका निम्ति राम्रा ठानिएकाले फरक–फरक दल खोलेर वा अभियान चलाएर वैकल्पिक राजनीति स्थापित हुन सक्दैन । त्यागको भावना सहित आउनैपर्छ । दशकौँदेखिको कुसंस्कृत राजनीतिको जरा हल्लाउन अब वैकल्पिक शक्ति विकल्प हो, वैकल्पिक राजनीतिको अपरिहार्यता महसुस भएको छ ।
वैकल्पिक शक्तिको खोज तीन प्रकारले:
वैकल्पिक शक्तिको खोज तीन प्रकारले हुँदै आएकोछ। पहिलो- अहिलेकै शक्ति अर्थात् कांग्रेस, एमाले र माओवादी भित्रैबाट नयाँ शक्ति जन्मन सक्छ । अहिलेको नेतृत्वको विकल्पमा नयाँ पुस्ताले नेतृत्व लिने हो भने पनि आमनागरिकमा एउटा माहोल बन्नेछ । कांग्रेसमा गगन थापा वा विश्वप्रकाश उदाउँदा र नेकपामा घनश्याम भुसाल नेतृत्व आउने माहोल बन्दा वैकल्पिक रूपमा आममतदाता त्यतै ढल्कनेछन् तर के यसरी उदाएको शक्ति हालको राजनीतिभन्दा फरक रहिरहन सक्ला ? तत्कालीन माओ डा. बाबुराम प्रधानमन्त्री हुँदा देश नै नयाँ आशा उम्लिएको थियो । उनले पनि मुस्ताङ गाडी चढेर सामान्य र सरल जीवनशैलीको उदाहरण दिन खोजेका हुन्, सुशासन, समृद्धि र समावेशी लोकतन्त्रको लागि महत्वपूर्ण काम हरु गरेकै हुन जुन अवस्थामा काङ्ग्रेस कम्युनिष्ट लगायत तत्कालीन माओवादी भित्र बाट पनि असहयोग गरेको, बजेट ल्याउन नदिएकै हुन तर पनि राष्ट्रिय गौरवका आयोजना अघि बढाए , काठमाडौं लगायत शहरी सागुरो सडकको स्तरोन्नति, बागमती सफाइ सुशासन कायम लगायत धेरै उदाहरणिय काम गरेको तर उनकै अघिपछि सुरक्षाकर्मी प्राडो–पजेरोमा हुन्थे !
एकल प्रयास कति सफल र असफल -:
गगन, विश्वप्रकाश वा घनश्याम नेतृत्वमा पुगे पनि तिनले ‘डेलिभरी’ गर्न सक्नेमा ठूलो आशंका छ, किनकि तिनको संगठन, नेतृत्व, संस्कार जस्तोमा खारिए त्यो नै एउटा निष्ठावान् नेतृत्व बाधक बन्नेछ । तिनलाई ढाल्ने खेल त्यहीँभित्रबाट चल्नेछ, सत्तामा पुगे पनि कार्यकर्ता नपोसी अनि राज्यको सम्पत्ति दोहन नगरी परिणाम दिन सक्दैनन् भन्ने आशंका र प्रश्नहरु जटिल छन् ।दोस्रो-: कांग्रेस–कम्युनिष्टको विकल्पको रूपमा पुरानै दलबाट केही फेरबदलसहित नयाँ पार्टी वा व्यक्ति आउने प्रयास रहन सक्छ । जसका लागि पुराना पार्टी टुक्रने, पुरानै पार्टी एकीकृत हुने सिलसिला जारी रहन सक्छ । यस्तै, प्रयासलाई बल पुर्‍याउन डा. बाबुरामको प्रयासले जनता समाजवादी पार्टी नेपाल बनेको देखिन्छ, उक्त पार्टी अर्को निर्वाचनमा सशक्त तेस्रो ठूलो पार्टी बन्ने सुनिश्चित नै थियो तर मधेसका एक्लै हैकम जनाएका एकलकाँटे सोभाव कै कारण वैकल्पिक प्रयास असफल भएपछि उक्त पार्टी भत्कदैछ तर पनि डा बाबुराम वैकल्पिक राजनीति सम्भावना नेपालमा मात्र होइन संसार भरीको फेयरलिष्ट दिँदै नागरिकहरुमा आशा र ऊर्जा थपिरहेका छन्। मतदाताले कि ‘स्थिरता’ खोज्छन् कि ‘उलटपुलट’ । तसर्थ, नयाँ निर्माण हुने दलले हालको हैसियतभन्दा आफ्नो संगठनलाई माथि लैजान गाह्रो छ तर पनि पुरानो अनुभव सहितको नयाँ चेतनाका युवाहरुको सक्रियताले सम्भव हुन्छ भन्नेमा हो।

तेस्रो- फरक शैली, नयाँ नेतृत्व र संगठन सहितको वैकल्पिक शक्ति हो। साझा, विवेकशील पार्टी नयाँ राजनीतिक संस्कार सहित देखिएका थिए । यी दल ‘ब्यालेट क्रान्ति’ गर्न तम्सिए सुरुमा रविन्द्र मिश्र, उज्वल थापा, रन्जु दर्शना लगायतका धेरै हाउभाउ हेर्दा अब केही होला कि भन्ने आशा थियो चुनावमा पनि लाखको हाराहारीमा जनमत ल्याएकै थिए तर सबैभन्दा पहिल्यै बिचलित देखिए ! कारण हो राजनीतिक कसरतको कमिकमजोरी।
वैकल्पिक राजनीतिका लागि –:
प्रमुख संवैधानिक र संरचनागत सुधारका माग छन्
१. शासकीय स्वरूपमा नागरिकको प्रत्यक्ष सहभागिता, निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था, कार्यकारी प्रमुखले चुनेका विषय विज्ञबाट मन्त्रि मण्डल, प्रदेशका मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था ।
२. सांसदहरू मन्त्री बन्ने प्रणाली खारेज । सांसदले विधायिकी भूमिका मात्र निर्वाह गर्ने, जसले गर्दा सक्षम मानिसहरू मात्र निर्वाचनमा उठ्ने हुन्छ ।
. दुई कार्यकाल भन्दा बढी प्रमुख कार्यकारी पदमा हुन नपाउने कुरा संविधानमा उल्लेख गर्ने ।
४. प्रभावकारी शक्तिसन्तुलन र शक्तिपृथकीकरणका निम्ति न्यायालय, आयोगहरूमा दलीय हस्तक्षेप पूर्णतः अन्त्य हुनुपर्छ । देशका आयोगहरू, अदालतलगायतका लोकतान्त्रिक संरचनाहरूलाई बलियो बनाउन सबै पक्ष इमानदार हुने ।
५. निर्वाचन प्रणालीमा सुधार । विदेशमा बसेका नेपाली नागरिकहरुलाई पनि मतदान गर्ने अधिकार सहित राइट टु रिजेक्ट र राइट टु रिकलको व्यवस्था । निर्वाचनमा उठ्ने उम्मेदवार र पार्टीले खर्चको पारदर्शिता पालना गर्नुपर्ने, सक्षम उम्मेदवार उठाउने नीति लागू गर्ने ।
६. दलीय लोकतन्त्र र दलीय पारदर्शिताका निम्ति सम्बन्धित कानुन र अभ्यासका लागि नेतृत्व गर्ने ।
७. सुशासन र प्रशासन सुधार, भ्रष्टाचारमा शून्य सहनशीलता । सेवा प्रवाहमा व्यापक सुधार । कानुनी शासनको प्रत्याभूति । यसका लागि ०४६ पछिका प्रधानमन्त्री, मन्त्री, सांसद, राजनीतिक नियुक्ति पाउनेहरू र उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गरौँ ।
यी मुद्दाहरू संरचनागत र संवैधानिक सुधारका मुद्दाहरू हुन् । यी हालको व्यवस्थालाई सुधार गर्ने अग्रगमनका मुद्दा हुन् । यस्तै, हामीले समाजको चरित्र (अवस्था) बदल्न केही सामाजिक–आर्थिक मुद्दामा पनि नेतृत्व गर्नुपर्छ । सबैभन्दा पहिले प्रत्येक नेपालीलाई देशमै कसरी रोजगारी सिर्जना गर्ने भन्ने मुद्दा आजको वैकल्पिक राजनीतिको प्रधान मुद्दा हो ।

वैकल्पिक राजनीतिले हामी सरकारमा पुग्दा प्रत्येक नेपालीको महिनाको एक लाख आम्दानी कसरी बनाउन सकिन्छ भनेर स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्छ । अर्काे महत्वपूर्ण आवश्यकता, प्रत्येक नागरिकका लागि निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य नै हो । वैकल्पिक राजनीतिले सहज र सुलभ सार्वजनिक यातायात व्यावस्थापनको वकालत गर्ने हो, खाका प्रस्तुत गर्ने हो ।

हाम्रो संस्कृति र सम्पदामा गर्व गर्ने र संसारलाई हाम्रो पहिचान स्थापित गर्न नेपाललाई अध्यात्म, योग, ध्यान, वैदिक र बुद्धिस्ट ज्ञानको केन्द्र बनाएर ‘गुरुराष्ट्र’को रूपमा विकास गर्ने मुद्दा वैकल्पिक राजनीतिको मुद्दा हो । यो देशमा बस्न र गरिखानका लागि प्रत्येक नागरिकले
यी मुद्दाहरू संरचनागत र संवैधानिक सुधारका मुद्दाहरू हुन् । यी हालको व्यवस्थालाई सुधार गर्ने अग्रगमनका मुद्दा हुन् । यस्तै, हामीले समाजको चरित्र (अवस्था) बदल्न केही सामाजिक–आर्थिक मुद्दामा पनि नेतृत्व गर्नुपर्छ । सबैभन्दा पहिले प्रत्येक नेपालीलाई देशमै कसरी रोजगारी सिर्जना गर्ने भन्ने मुद्दा आजको वैकल्पिक राजनीतिको प्रधान मुद्दा हो ।

वैकल्पिक राजनीतिले हामी सरकारमा पुग्दा प्रत्येक नेपालीको महिनाको एक लाख आम्दानी कसरी बनाउन सकिन्छ भनेर स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्छ । अर्काे महत्वपूर्ण आवश्यकता, प्रत्येक नागरिकका लागि निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्य नै हो । वैकल्पिक राजनीतिले सहज र सुलभ सार्वजनिक यातायातको वकालत गर्ने हो, खाका प्रस्तुत गर्ने हो ।

हाम्रो संस्कृति र सम्पदामा गर्व गर्ने र संसारलाई हाम्रो पहिचान स्थापित गर्न नेपाललाई अध्यात्म, योग, ध्यान, वैदिक र बुद्धिस्ट ज्ञानको केन्द्र बनाएर ‘गुरुराष्ट्र’को रूपमा विकास गर्ने मुद्दा वैकल्पिक राजनीतिको मुद्दा हो । यो देशमा बस्न र गरिखानका लागि प्रत्येक नागरिकले सुरक्षित महसुस गर्ने स्थिति निर्माण गर्ने मुद्दा पो आजको प्रोग्रेसिभ पार्टीको एजेन्डा हो । वैकल्पिक राजनीतिले आत्मसात् गर्ने र नेतृत्व गर्न आवश्यक अर्काे महत्वपूर्ण मुद्दा सामाजिक न्याय हो । प्रत्येक नेपालीको आत्मसम्मानको रक्षाको नीति वैकल्पिक राजनीतिको मूल नीति हुन आवश्यक छ ।
संघीयतामा समस्या छन् । तर, यो समस्याको समाधान संघीयता खारेजी होइन, संघीयताको सुदृढीकरण हो । निश्चय नै संस्कृति, परम्परालाई जोगाउनुपर्छ । कडा कानुन ल्याएर प्रलोभनका आधारमा हुने धर्म परिवर्तन रोकिनुपर्छ । तर, हाम्रो स्पष्ट बुझाइ के हो भने धर्मको नाममा राजनीति गर्नु हुँदैन । राष्ट्रवाद–राष्ट्रवाद भनेर नागरिकको भावनामा ठग्ने नेता बन्नु नयाँ शुभसंस्कृत होईन, राजनीति होइन । राष्ट्रियता भाषण र नाराले मात्र बलियो हुँदैन । प्रत्येक नेपालीलाई आत्मनिर्भर र विवेकी बनाउन सके मात्र राष्ट्रियता बलियो हुनेछ ।

अहिले धर्म, संघीयता, गणतन्त्र जस्ता विषयमा जनमतसंग्रह गरौँ भन्ने बहस पनि सुनिन थालेको छ । तर, हामीले बुझ्नुपर्ने के हो भने लोकतन्त्रमा हातले हालेको मतभन्दा खुट्टाले हालेको मत (जनआन्दोलनको आदेश) बलियो हुन्छ । ३० औं लाख नागरिक सडकमा आएर प्रकट गरेको अभिमतलाई अवमूल्यन गर्नु उपयुक्त होईन, हुदैँन। देशमा समानता, समावेशीता, आर्थिक समृद्धि र सुशासन कायम गर्दै समुन्नत समाजवाद को अग्र मार्ग तिरै लम्कनु नै उपयुक्त हुन्छ।

संविधान जारीपछि नेपाली राजनीतिको एउटा युगको अन्त्य र अर्को युगको प्रवेश गरेको अवस्था हो । अब राजनीतिको दोस्रो अध्याय सुरु भनेको । अब समावेशी विकासले मात्रै नेपालको समस्या हल गर्छ भन्नेमा हाम्रो बुझाइ हुनुपर्छ। त्यसको लागि एक स सक्त वैकल्पिक राजनीतिक शक्तिको उदय हुन जरुरी हुन्छ। यो नेपालको सन्दर्भमा मात्र होइन अन्तर्राष्ट्रिय जगतको ऐतिहासिक घटना क्रमलाई निहालेर हेर्यो भने बिबिधता पाउछौ।
नयाँ शक्ति पार्टीका मूल एजेण्डा -:
अबको निकास, आर्थिक विकास ।
अबको निकास, समावेशी विकास । समावेशी विकास भनेको सबै वर्ग, समुदाय, क्षेत्र, उमेर, लिंग भाषाभाषी सबै अल्पसंख्यक समुदायका लागि समान किसिमको विकास हो ।

अतः वैकल्पिक शक्ति निर्माणका लागि मतदाताको विश्वास जित्न सक्ने मिहिनेती, उर्जाशील र निरन्तर विचार बाहकका रुपमा उनै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई देखिन्छन्। उमेर ढल्किदै गएका भए पनि बौद्धिक र दार्शनिक क्षमता झनै उर्जासील डा भट्टराई को प्रयासबाट मात्र नेपालमा वैकल्पिक शक्ति निर्माण हुन्छ भन्ने आसा अझै लाखौं मतदाता हरुमा कायमै रहेको पाइन्छ।