ऋषिराम कट्टेल ।
आज क पुष्पलालको स्मृति दिवस । सवभन्दा पहिला नेपाल कम्युनिष्ट पार्टीको तर्फवाट र मेरो आफुनै तर्फवाट समेत क। पुष्पलाल प्रति श्रद्धा एव। सम्मानका साथ स्मरण गर्दछु । यसवेला नेपालको कम्युनिष्ट आन्दोलनमा वलशाली वनिरहेको विसर्जनवाद विरुद्ध निर्मममता पूर्वक संघर्ष गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न र क। पुष्पलालले अघिसारेका माक्सैवाद लेनीनवाद र माओ विचारधाराको सैद्धान्तिक जगमा नेपाली जनवादीक्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद स्थापनागर्ने संघर्षमा दृढतापूर्वक एकतावद्ध भएर उभिन सवै क्रान्तिकारी कम्युनिष्टहरुलाई नेपाल कम्युनिष्ट पार्टीको तर्फवाट आग्रह गर्दछु ।
आज पुष्पलालको फोटोमा पुजागरेर पुष्पलालका विचारहरुलाई भ्रष्टिकरण गर्ने वा कथित पुष्पलालवादी भएको स्वाँग रचेर अवसरवादको खेती गर्ने वा अनेक प्रकारका प्रतिष्ठानहरु खोलेर पुष्पलालको नाममा व्यापार गर्नेहरु ले पुष्पलाल प्रति ओठेभक्ति देखाएर पुष्पलालको क्रान्तिकारी विचार र आदर्शलाई धुलिसाथ पार्ने षडयन्त्र गरिरहेका रहेका छन् । यसप्रति अन्त्यन्त सजग रहन र यस्ता तत्वहरुको दुरासयलाई परास्त गर्नु पनि आज उत्तिकै आवश्यक भएको छ ।


