+

नेपालमा वैकल्पिक राजनीति र स्वतन्त्र जनमत

१६ श्रावण २०७९, सोमबार ०७:४७

ठाकुर पोखरेल ।

”राजनीतिक सफलताको एउटा साधारण सूत्र हो-उपस्थिति! जनताको लागि भनेर खोलिएको पार्टी भएको हुँदा-आपत विपदमा जनता सँगै दु:ख कष्ट भोग्न पनि सक्नु पर्छ। जनताको साथै उपस्थिति हुनु पर्छ । राजनीति विसुद्ध समाज सेवा हो’

वैकल्पिक यात्रा किन ? -:

बिडम्बना चुनाव जित्नकै लागि नेताले राष्ट्रवादको नारा लगाउँछन् । वृद्धभत्ता बढाउँछन् सहर अगाडिको बाटो पिच गर्छन्, सिमानाका कुरा उठाउँछन् । कार्यकर्तालाई जागिरको आसा बाढ्दै अनि फेरि चुनाव जित्छन् । यो कुसंस्कृत राजनीति रहेसम्म शुभ संस्कृतिको मूल्यमान्यता बोकेर चुनाव जित्न वैकल्पिक राजनीतिहरुका लागि फलाम चपाउनु जतिनै कठिनाई छ। यो खेलमा जित झेल्लीहरुकै हुन्छ । बिचौलिया अनि दलालकै चलखेल हुनेछ । नेता दलालका पनि दलाल बनेर चुनाव जित्नेछन् । जनताको वैकल्पिक राजनीति प्रतिको प्यास अनि आशा अधुरै रहनेछ।
नयाँ विचार र एजेण्डा प्रयोग कसरी? -:
यी समस्यालाई चिर्ने मन्त्र अनि योजना वैकल्पिक शक्तिले बोक्न जरुरी छ । यो कुसंस्कारको राजनीति चिर्न सुसंस्कारको ज्वारभाटा चाहिएको छ । समाज यस्तै छ, राजनीति यस्तै हो भन्ने शक्ति होइन कि राजनीति यो होइन भनेर जनतालाई बुझाएर नेतृत्व गर्न सक्ने शक्ति चाहिएको छ । बेला बेलामा खवरदारी गर्दै वैकल्पिक राजनीतिको आवाजले माइतीघर मण्डलामा युवाहरुको लाम देख्दा लाग्छ, अधिकांश आत्मसन्तुष्टिका निम्ति आएका छन् । आज देशले राजनेता खोजेको छ । त्यो साहस खोजेको छ । वैकल्पिक राजनीतिका निम्ति राम्रा ठानिएकाले फरक–फरक दल खोलेर वा अभियान चलाएर वैकल्पिक राजनीति स्थापित हुन सक्दैन । त्यागको भावना सहित आउनैपर्छ । दशकौँदेखिको कुसंस्कृत राजनीतिको जरा हल्लाउन अब वैकल्पिक शक्ति विकल्प हो, वैकल्पिक राजनीतिको अपरिहार्यता महसुस भएको छ ।

नेपालको सन्दर्भमा- ‘आमूल परिवर्तन भन्ने शब्दहरु’ कम्युनिष्ट पार्टीले जनमत संकलन गर्न बनाएको हतियार हो ! ‘क्रान्तिकारी लालसलाम’ ‘वर्गिय उत्थान’ वर्गिय संघर्ष कम्युनिष्ट पार्टी ले तत्काल सर्वसाधारण नागरिक हरुको भावना लाई सम्बोधन गर्न बनाएको शब्द जाल हो ! कम्युनिष्ट शब्द राखेर छुट्टाछुट्टै चुलो चम्को लगाएका सानो वा ठूलो हैसियत भएका जुनसुकै कम्युनिष्ट पार्टीका नेता हरुको कुरा सुन्नु पर्छ – त्यहाँ क्रान्तिकारी राप ताप कै मात्र कुरा सुन्न पाइन्छ ! अन्तर्राष्ट्रिय आदर्श (वाद), प्रयोग – जर्मनी युद्ध, रुसी सांस्कृतिक क्रांति, चिनियाँ क्रान्ति, भियतनाम युद्व,चिली युद्ध — हुदै आजभोलि उत्तर कोरिया तिरका क्रान्तिका उदहारण सुनाउने गरेकाछन् ! राष्ट्र र देशलाई मुक्ति दिलाउने देखि स्वदेशका उद्योगपति, जमिन्दारहरु (कम्युनिष्ट शैलीमा सामन्त) को जमिन खोस्ने, यस्तै यस्तै त्रास फैलाउने कुरा लाई महान क्रान्तिकारी सम्झन्छन् तर विश्वका सुशासन सहित समृद्ध हासिल गरेका देशहरू कसरी उच्च कोटिमा भए ? विकास र समृद्धिको आधार, प्रविधि यात राजनीतिक चेतनाको फेरबदल वारे कुनै सन्देश वुझ्न र बुझाउन चाहदैनन्।

अब पनि हावादारी कुरा गरेर, अन्तर्राष्ट्रिय उ वाद र त्यो वादको कुरा फलाकेर हाम्रो देशमा सुशासन र आर्थिक सामाजिक समृद्धि आउँदैन भन्ने कुरामा हामी नेपाली जनसमुदायले स्पष्ट बुझ्नुपर्छ। नयाँ ढंगले राष्ट्रिय राजनीतिलाई व्यावहारिक कार्यान्वयन र नेपाली समाजको बनावट लाई सामाजिक समावेशीकरणमा ध्यान दिएर समाधान सहित स्वदेशी उत्पादनलाई देशको उच्च श्रेणी जोड्नुपर्छ।

कहिले काँही हाम्रा बुढा नेता हरुले नेपाल लाई युरोपका, अमेरिका, सिङ्गापुर बनाउँने कुरा गरेर जनआकर्सण बटुल्ने गरेको पाइन्छ, हामी अझै मख्ख परेर सुनिरहेका हुन्छौं ! तर बिगत ३३ वर्ष देखि काङ्ग्रेस र एमाले कम्युनिष्ट बाट एक छत्र र आलोपालो नेपालको राज्य सत्ता संचालन गर्दै आएको हुन भन्ने तथ्यमा हाम्रो ध्यान, अध्ययन किन हुदैन ? यिनले राज्य सत्ता चलाउदा देश र जनताको हितमा के उपलब्धता हात पर्यो ?
”शिक्षा, स्वास्थ्य, रोजगार, भ्रष्टाचार र सुशासन जनताको सुख दुःखसँग प्रत्यक्ष जोडिएका सवालहरू हुन्- वैकल्पिक राजनीतिले बरु यिनलाई सम्बोधन गर्नुपर्छ”

अन्तर्राष्ट्रिय समृद्ध देशसँग तुलना गरौ-:
लि क्यान यु ले २० वर्षमा आधुनिक सिङ्गापुर निर्माण गरे, माथिर मोहम्मदले मलेसिया समृद्ध बनाए, बितेको ४० वर्षको ईतिहासमा चिन विश्व को शक्ति सम्पन्न राष्ट्र बन्यो, नेपालमा के भयो त ? राणा शासनको अन्त्य सङ् सङ्गै स्वतन्त्र हैसियत पाएका देश भारत दक्षिण कोरियाको सम्पन्नताको स्थिति आज हेरौ त ! खोक्रा आदर्श मात्र रटेर हुदैँन । पुराना दलका आदर्श ले अब नेपाल र नेपालीको भाग्य र भरोसा बन्दैन । अब पनि यीनै कम्युनिष्ट यीनै काङ्ग्रेस, बा-आमा कम्युनिष्ट बा-आमा काङ्ग्रेस भन्दै पुरानै रटान नछाड्ने हो भने हाम्रो देशको हालत हालको श्रीलंका को स्थितिमा पुगिन्छ। अहिलेको राजनीतिक अस्थिरताका र कम्जोर अन्तर्राष्ट्रिय सम्बन्ध रहिरहने हो भने सिरिया,अफगानिस्तान, इराक बन्ने खतरा उत्तिकै छ, राम्रा दुई बिशाल छिमेकी चिन र भारत को बीचमा हाम्रो स्वतन्त्र अस्तित्वको नेपाल (दुई ढुंगा बीचको तरुल) देशका हामी नेपाली छौं। यहाँ पनि गतिशिल संतुलन सहित दुबै छिमेकीको सदभाव बाट सुशासन, सामाजिक संतुलन र आर्थिक समृद्धि हासिल गर्नु पर्ने स्थितिमा हामी छौ ।
नेपालका पुराना दलका कारण –
राज्यसत्ता चलाउँदाको हरेक हरहिसाब बाट देखियो ! कम्युनिष्ट नेतृत्वले कार्यकर्तालाई नमस्कार भन्ने शब्द सिकाएनन् ! प्रशिक्षण दिँदै भने कहिल्यै पनि अरुलाई नमस्कार होइन लालसलाम मुठ्ठी कसेर ! उद्घोष नै यस्तै थियो। कम्युनिष्टको मुख्य जनआकर्शन पनि क्रान्तिकारी लालसलाम बन्यो। वहुमतको सत्ता, मिलिजुली सत्ता, दुई तिहाई नजिकको सत्ता भएर पनि सर्वसाधारण नागरिकहरुको पक्षमा सार्थक अनुभूति हुने काम भएन बरु कम्युनिष्ट भन्ने शब्द नै भ्रष्टाचार बेथिति को पर्यायवाची भयो।

वि•स २०४६ देख २०५२ को जनयुद्ध हुदै २०६२/०६३ को जनआन्दोलनको दुईको परिणाम पछि पनि कम्युनिष्ट क्रान्तिकारी भनिएका आधा दर्जन सिनियर नेताहरु लाई दोहोर्याएर प्रधानमन्त्री र पटक पटक मन्त्री बन्दा समेत रहर पुगेकै छैन। सर्वसाधारण नागरिकहरुको जनजीवनमा कम्युनिष्टको सत्ताले खासै सार्थक परिणाम दिएन बरु झनै राज्य दोहन र भ्रष्टाचार मौलायो । काङ्ग्रेसका सिनियर नेतृत्वले ता ४/५ पटक एउटै व्यक्ति प्रधानमन्त्री र पटक पटक मन्त्री पदमा विराजमान भए । जनताले कम्युनिष्ट नेतृत्व सँग जति धेरै आशा भरोसा राख्नेका थिए काङ्ग्रेस सँग त्यति कमै मात्रमा आशा राख्ने थिए कारण हो व्यक्ति वादी र पूँजी वादी विचार बोल्ने दल भनेर कम्युनिष्ट हरुको राजनीतिक प्रशिक्षण नै हो ।

विभिन्न ढाँटेपाँटे विरंगी प्रचार प्रसार गरी सत्तामा मोजमस्ती गरिरहेका काङ्ग्रेस एमालेका नेतृत्व तहका लागि वि• पी ले तत्कालीन नेपाली समाजको अवस्थालाई सम्बोधन हुने समाजवाद वहाँको आदर्शमा राजनीतिक धरातल बनाएका गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई सम्मले नेपालको लोकतान्त्रिक अभ्यासमा इमान्दार र स्वच्छ छविका राजनितिज्ञको छाप हामी सामु छोडेर भौतिक रुपमा विधा भैसके पछि पनि अझै १०० वर्ष पछि पनि वहाँको सम्झना रहिरहनेछ। यता कम्युनिष्टहरुको अन्तर्राष्ट्रिय आदर्श (माक्र्स लेनिन स्टालिन माओ वाद को साम्यवाद) को वकालत गर्दै सत्ता प्राप्तिको भर्याङ्गले आलोपालो गर्दै ३३ वर्ष देशमा चौपट्ट भ्रष्टाचार बेथिति मौलायो । राजनीतिक दलका शीर्ष नेताहरुका लागि यो ३३ वर्ष असाध्यै राम्रो धनसम्पत्ति आर्जन र मोजमस्ती भयो। यो बीचमा लोकतान्त्रिक गणतन्त्र स्थापना का लागि भएको १० वर्षको जनयुद्धका मुल नेतृत्व प्रचण्ड,डा बाबुराम, मोहन वैद्य लगायत १७००० को वलिदान उत्तिकै महत्वपूर्ण भए पनि प्रचण्ड को सत्ता राजनीति मोहका कारण तत्कालीन माओवादी जनयुद्ध का दर्जनौं छिद्राहरुले बद्नाम बनेको पाइन्छ । यहाँ ९९ काम राम्रो भए पनि १ काम असाध्यै नराम्रो भएपछि सबै नराम्रो काम भन्ने बनेको छ बनाइएको हो । लोकतान्त्रिक गणतन्त्र र संविधान सभाबाट ‘नेपाल संविधान २०७२’ तत्कालीन माओवादी जनयुद्धका कै उपज हो भन्ने बिर्सनु हुँदैन। तर कतिपय भ्रमहरु सुल्झाउने वा बल्झाउने जिम्मेवारी प्रचण्ड, बाबुराम,वैद्य मा निहित हुन्छ।
व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै -:
सर्वसाधारण नागरिकहरुले शिक्षा, स्वास्थ्य, रोजगारी का अवसर समेत पाएनन् । सर्वसाधारणका लागि पछिल्लो ‘लोकतान्त्रिक गणतन्त्र’ मा समेत हर्ष भन्दा विस्मात बढी भयो। अझ व्यवस्था नै खराब हो कि भन्ने आशंका गरिएको छ तर लोकतन्त्र को विकल्प अझ सुधारिएको लोकतान्त्र नै हो । बरु लोकतान्त्रिक गणतन्त्र लाई सस्थागत गराउने नयाँ वैकल्पिक उपाय खोज्नु उपयुक्त हुन्छ। लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र जनजीवन लाई उपलब्धि हासिल गर्ने मार्गको रूपमा वैकल्पिक राजनीति उपाय रोज्नु पर्ने हुन्छ। पुराना दलहरुले युवा क्षमता हुदाँ गरेका राष्ट्रिय उपलब्धि, परिवर्त र सुधारका मुद्दाहरूलाई गिजोल्न जरुरी छैन।

शिक्षा, स्वास्थ्य, रोजगार, भ्रष्टाचार र सुशासन जनताको सुख दुःखसँग प्रत्यक्ष जोडिएका सवालहरू हुन्- वैकल्पिक राजनीतिले बरु यिनलाई सम्बोधन गर्नुपर्छ। तर मलाई फेरि पनि के विश्वास छ भने, उनले यो सब गरेको त देशकै लागि हो। उनी सयौंको संख्यामा बुढानीलकण्ठजस्ता स्कुल, राम्रा-राम्रा अस्पताल र भ्रष्टाचारी नेताहरूलाई कोच्ने कारागार बनाउन चाहन्छन्। चाँडो-चाँडो गर्नुछ यो सब, छिटो-छिटो देश बनाउनुछ। त्यसका लागि नेतृत्वमा त पुग्नु पर्यो।
नेपालमा वैकल्पिक राजनीति र स्वतन्त्र जनमत -:
गायक बालेन काठमाडौँमा मेयर बने त्यो पनि प्रतिद्वन्द्वी भन्दा धेरै जनमतले, धनगढीमा पार्टीका पुराना नेता तर दलबाट उमेदवार सिफारिस नपाउने भएपछि स्वतन्त्र उमेदवार बनेर गोपाल हमालले जिते, स्वतन्त्र उम्मेदवार बाटै हर्क साम्पाङ राई ले धरानमा प्रतिद्वन्द्वी भन्दा पाँच हजार चानचुन बढी मतले जनप्रतिनिधि मेयर बने । यी र यसरी स्वतन्त्र हैसियतबाट भने पनि पुराना लम्पट दलका नेताहरुलाई हराउन देशैभर युवाहरु को जागरण अभियान स्वतस्फूर्त उठेका छन्। स्वतन्त्र हैसियतका उमेदवार लाई आएको भोटरहरू वैकल्पिक राजनीतिका मूल प्रवाह हुन्।

अर्को तिर पुराना दलहरुको राजनीतिक चर्तिकला देखेर भोगेर पनि देश भित्र भनेर राजनीतिमा लाग्ने युवाहरू भेट्न गाह्रो छ, लागेकाले पनि पत्याउन छाडे भने एक राउण्ड निर्मम आत्म आलोचनाको समय आएको छ भन्ने बुझ्नु पर्छ। राजनीतिक सफलताको एउटा साधारण सूत्र हो – उपस्थिति ! जनताको लागि भनेर खोलिएको पार्टी आपत विपदमा जनतासँगै हुनुपर्छ ।
राजनीतिमा उपस्थितिको महत्व-:
छिमेकी भारतमा कांग्रेस अहिले निकै कमजोर छ, तर त्यसका युवा नेता बिभी श्रीनिवासले महामारीको दोस्रो लहरमा हजारौंको संख्यामा अस्पतालको शय्या र अक्सिजन सिलिन्डरको जोहो गरिदिए, औषधि नि:सुल्क मात्र हैन, मृत्युमा अन्तिम संस्कारमा समेत सहयोग गर्ने काम गरेछन्। त्यस सत्कर्मको परिणाम चुनावको नतिजामा देखिएला नदेखिएला, तर जनतालाई केही त सजिलो भयो। राजनीतिको तात्पर्य पनि आखिर यही नै हो।उता दिल्लीमा पनि आम आद्मी पार्टीले महामारीमा देखाएको संवेदनशीलतालाई जनताले अनुमोदन गरेकै कारण, भर्खरै पन्जाबको विधानसभा निर्वाचन बहु मतले जितेको हो। नेपालका वैकल्पिक शक्तिहरूका लागि यो हौसला बन्न सक्छ।