No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

बस पल्टिएर ट्याक्सीलाई किच्दा ग्वार्कोमा ११ जना घाइते

ललितपुर । ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा ११ जना घाइते भएका छन् ।  ग्वार्कोस्थित बीएन्डसी अस्पतालअगाडि बुधवार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ  । त्यसक्रममा बसले…

दुर्घटनापछि बसमा आगो लाग्दा २६ जना घाइते

बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपरासी पूर्व (नवलपुर) को दाउन्नेमा भएको बस दुर्घटनामा २६ जना घाइते भएका छन्। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउपालिका २ दाउन्नेमा भएको उक्त बस दुर्घटना लगत्तै बसमा आगो लागेको थियो।…

ग्यास प्रयोग कटौती गर्न युरोपेली देशहरू सहमत

युरोपेली सङ्घ (ईयू) का सदस्यहरू रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेको अवस्थामा त्यसको प्रयोग कटौती गर्न सहमत भएका छन्। तर केही देशहरूलाई यो बाध्यताबाट छुट हुनेछ । ईयूका सदस्य राष्ट्रहरू स्वैच्छिक रूपमा अगस्टबाट मार्चसम्म ग्यासको प्रयोग १५…

सूचना लुकाउने परीक्षा नियन्त्रकलाई २० हजार रुपैयाँ जरिवाना

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले २० हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ। आज प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला…

सीसीटिभी फुटेजका आधारमा अनधिकृत व्यक्ति प्रवेश गरे/नगरेको भएन यकिन

काठमाडौँ । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराइ करका दर हेरफेर गरेको प्रकरणबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको प्रहरी रिपोर्टबारे विज्ञहरुसँग छलफल गरेको छ । मंगलबार अपरान्ह समितिले…

इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो। चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा…

आयात व्यवस्थापनका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले नेपालमा आयात न्यूनीकरण तथा व्यवस्थापन गर्ने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा एक उच्चस्तरीय अध्ययन समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आयात बढेको र विदेशी मुद्राको सञ्चिति घटेको…

स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड खर्च

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी चुनावको खर्च सार्वजनिक गरेको हो । आयोगका अनुसार नेपाल सरकारबाट ८ अर्ब ११ करोड रुपैयाँ…

योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्यिसभामा उत्पत्ति भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९ पारित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा विधेयकमाथि भएको…

सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन कार्यान्वयन नभए नेपाल कालोसूचीमा पर्नसक्छः गगन थापा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) बारे अविलम्ब सदनलाई जानकारी गराउन सरकारसमक्ष माग गरेका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सम्पत्ति शुद्धीकरणसम्बन्धी पर्याप्त कानुन…